
नेपालगन्ज, २५ मंसिर – नेपाल पत्रकार महासंघ बाँके शाखा बैठकबाट विभिन्न निर्णय गर्दै महासंघको साधारण सभा पौष १८ गते कोहलपुरमा गर्ने निर्णय गरेको छ ।
यसैगरी शाखाको सांगठनीक प्रतिबेदन तयारीका लागी शाखा सचिव तिलक गाउँले र आर्थिक प्रतिबेदन तयारीका लागी शाखा कोषाध्यक्ष केशब रानालाई जिम्मेवारी दिई शाखाको आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।

यसैगरी बाँके शाखामा बिभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका पुरस्कारहरु जिल्ला अधिबेशनमा बितरण गर्नुपर्ने भएकोले नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्ब अध्यक्ष झलक गैरेको संयोजकत्वमा पत्रकार सिराज खान, नबिन गिरि, अक्षरी पोखरेल र बिनोद पौडेल सदस्य रहने गरि पुरुस्कार छनोट समिति गठन गर्ने निर्णय गरिएको सचिव तिलक गाउँलेद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
साथै बैठकले अधिबेशन भब्यताका साथ सम्पन्न गर्नका लागि स्थानिय निकायहरुसँग समन्वय गर्न शाखाका उपाध्यक्ष प्रदिप वाग्लेलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखामा आबद्ध भएर सदस्यता नबिकरण नभएका सदस्यहरुका लागी अधिबेशन पुर्व पौष ५ गते सम्मका लागि सदस्यता नबिकरण खुल्ला गर्ने निर्णय समेत गरिएको महासंघ बाँकेका प्रदीपले जानकारी गराउनुभयो ।
