Thursday, March 12सत्यम खबर
Shadow

जानकी गाउँपालिकासँग सूचना माग

नेपालगन्ज, ९ पौष – जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयसंग उघम बिकास सहजकर्ता सम्बन्धी बिस्तृत रुपमा सूचना माग गरिएको छ ।
नेपालगन्ज वडा नं. १८, कारकाँदोका राजेश मिश्रले जानकी गाउँपालिका गाउँ कार्यपालिका लुम्बिनी प्रदेशलाई सम्बोधन गर्दै आफ्नो अध्ययन प्रयोजनका लागि आवश्यक जानकारीको प्रमाणित प्रतिलिपी उपलब्ध गराइ दिन बुधबार गाउँपालिकालाई निवेदन पेस गर्नु भएको हो ।


सूचनाको हक ऐन २०६४ को दफा ३ अनुसार कुनै पनि नागरिकले सम्बन्धित सरकारी नियम बमोजिम सूचना जान्न सरकारले हक र अधिकार सुनिश्चित गरेको छ । सोही बमोजिम उहाँले माग गरेका तपसिल बमोजिमको कागज उपलब्ध गराउन निवेदन गर्नु भएको हो ।
माग गरिएका कागजात निम्न अनुसारका छन :


१) उघम बिकास सहजकर्ता करारमा पदपूर्तिका लागी बिज्ञापन गर्न त्यस कार्यालयले गरेको निर्णय,
२) उघम बिकास सहजकर्ता पदपूर्तिका लागी छनोट समितिमा रहेका पदाधिकारी तथा व्यक्तिहरुको नाम, पद, योग्यता तथा अनुभव सम्बन्धि विवरण तथा निजहरुको सो छनोट समिती मा राख्ने भनी त्यस कार्यालयले गरेको निर्णय
३) उघम बिकास सहजकर्ता छनोट आधारहरु सम्बन्धि त्यस कार्यालयले गरेको निर्णय तथा ती आधारहरुको बिवरण
४) उघम बिआस सहजकर्ता पाँचौ तहमा सफल तथा बैकल्पिक उम्मेदवार कुन कुन शिर्षकमा कति कति अन्क प्राप्त गरेका छन सोको विवरण
५) त्यस कार्यालयद्वारा मिति २०७७/०८/२९ गतेको पत्र संख्या ०७७र७८ चलानी नम्बर ६०० अनुसार प्रकाशीत सूचनामा कम्पयुटर प्रयोगात्मक परिक्षा मिति ०७७/०८/३० गते बिहान ८ः०० बजे देखि ९ः०० सम्म १परिक्षाको नतिजाको विवरण
६) उघम बिकास सहजकर्ता पाँचौ तहमा सफल तथा बैकल्पिक उम्मेदवारहरुको नाम ठेगान, काम गरेको अनुभव अवधि तथा काम गरेको संस्थाहरुको नाम लगायतको सूचना पाउ भन्ने बारे निवेदन गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *