Thursday, March 12सत्यम खबर
Shadow

महासंघ अधिवेशनमा उपस्थितिको लागि अनुरोध

नेपालगन्ज, १५ पौष – नेपाल पत्रकार महासंघ बाँके शाखाले अधिवेशनमा उपस्थितिको लागि अनुरोध गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखा सचिव तिलक गाउ“लेद्वारा जारी प्रेस विज्ञप्ती ‘नेपाल पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ बाँके शाखाको जिल्ला अधिबेशन यही पौष महिनाको १८ गते सम्पन्न गर्ने निर्णय यस अघिको बैठकले गरिसकेको सबैलाई सर्बबिदितै छ’ भनी उल्लेख गरिएको छ ।


विज्ञप्तीमा ‘शाखाको १२ औं जिल्ला अधिबेशन ०७७ पौष १८ गते शनिबार, कोहलपुरको होटल म्याक्समा बिहान ११ बजे हुने भएकोले बाँके जिल्लामा क्रियाशिल सम्पुर्ण सञ्चारकर्मी तथा बाँके जिल्ला शाखाका आबद्ध हुनुभएका सम्पुर्ण साधारण सदस्य, पुर्ब अध्यक्ष, केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, केन्द्रिय पार्षद, प्रदेश पार्षद र पुर्ब केन्द्रीय पदाधिकारीहरुलाई अनिबार्य रुपमा उपस्थितीका लागी बिनम्र अनुरोध गर्दछु ।’ भनी उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *