Wednesday, May 14सत्यम खबर
Shadow

सूचना-प्रबिधि

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ३१ बैशाख – डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाईन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताउनुभयो । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाईन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताउनुभयो । पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरि खटाइएको प...
भारत नेपाल सीमा पूर्ण रूपमा खुला, अफवाह पछाडी नलाग्न आग्रह

भारत नेपाल सीमा पूर्ण रूपमा खुला, अफवाह पछाडी नलाग्न आग्रह

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
रुपैडीहा, २५ बैशाख - भारत नेपाल सीमा बन्द हुने अफवाह मात्र भएकाे सशस्सात्र सीमा बलले बताएकाे छ । स्थानीय र एसएसबीका अधिकारीहरूले स्पष्ट गरे कि रुपैडीहा सीमानाकामा आवागमन र व्यापारले सामान्य रूपले जारी रहेकाे जनाएका छन् । दुबै देशका नागरिकहरूले आफ्नाे परिचय खुल्ने कार्ड देखाउँदै सीमानाका पार गरिरहेकाे बताए । बुधबार राती भारतद्वारा पाकिस्तान माथि चलाईएकाे सिन्दुर अपरेशनले गर्दा सीमानाका बन्द भएकाे झुठाे अफवाह मात्र फैलाईएकाे भएपनि हाल व्यापारिक आवागमनका साथै बाहनहरू समेत ओहाेरदाेहाेर भईरहेकाे रूपैडीहा स्थित सञ्चारकर्मी सन्ताेष शुक्लाले बताएका छन् ।...
सिक्टा सिंचाई आयोजनाको पूर्व नहर निर्माण कार्य शुरु

सिक्टा सिंचाई आयोजनाको पूर्व नहर निर्माण कार्य शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १७ बैशाख – सिक्टा सिंचाई आयोजनामार्फत किसानहरुको खेत खेतमा पानी पु¥याउने उद्देश्यका साथ नरैनापुर गाउँपालिकामा नहर निर्माणको कार्य शुरु गरिएको छ । फत्तेपुर र राजकुलोमा पुरानो सिस्टम अन्तर्गत अपग्रेट गरिने जानकारी गराउँदै नरैनापुरका ४० हेक्टर जमिनमा सिंचाईको पानी पु¥याउने उद्देश्य रहेको बताउनुभयो । त्यस क्षेत्रमा सिक्टा सिंचाई आयोजनामार्फत करीब ९ हजार टेक्टर जमिनमा सिंचाईको लागि पानी पु¥याउने उद्देश्यका साथ नरैनापुरमा नयाँ शाखा नहर निर्माण कार्य शुरु गरिएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो । सिक्टाको पुर्वी नहरको ४२ किलोमिटर सम्पन्न भएपछि नरैनापुर गाउँपालिकामा शाखा नहर निर्माण कार्य शुरु गरिएको सिक्टा सिचाई आयोजनाको आयोजना निर्दैशक आर्चायले बताउनुभयो । अहिले सिक्टा नहरमा ११ वटा शाखाहरु विस्तार कार्य भैरहेको छ । जसमा ६ वटा लिफ्ट नहरहरु रहेका छन् । शाखा नहरहरुलाई समुहमा...
छापा पत्रकारिता: सम्भावना र रणनीति

छापा पत्रकारिता: सम्भावना र रणनीति

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा मितिः २०८२ बैशाख १६ गते, मंगलबार समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्दै गएको छ । सबै विषयमा प्रविधिको बोलवाला बढिरहेको अवस्थामा कतिपय नयाँ कार्यक्षेत्रहरू फैलँदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् । अहिलेको युग प्रविधिमैत्री बन्ने र तदनुरूप चल्ने समय हो । नत्र समयको गतिले मानिसलाई पछि पार्छ ।नेपालमा पनि यो परिवर्तनको प्रभाव सञ्चार क्षेत्रमा गहिरो देखिएको छ । विशेषतः छापा पत्रकारिता, जसले कुनै समय राजनीतिक सचेतना र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो, अहिले प्रविधि र डिजिटल माध्यमसँगको प्रतिस्पर्धामा...
सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नरैनापुर, १० बैशाख – केही दिन अगाडी नरैनापुर गाउँपालिका वडा नं. १ कटकुईयामा रहेको सार्वजनिक सरकारी जग्गामा लागेको रुख कटान गरेकोमा आवश्यक कारवाही गरी जिउ ज्यानको सुरक्षा गरी पाउँ भनी नरैनापुर गाउँपालिका वडा नं. १ बस्ने बालकराम चमारले जिल्ला प्रशासन कार्यालय बाँकेमा जाहेरी दर्ता गरेका छन् । उक्त जाहेरीमा “उपरोक्त मुद्दामा श्री बाँके जिल्ला कटकुईया गा.वि.स. वडा नं. ३ ख कि.नं. ३४५ को जग्गामा सार्वजनिक÷सरकारी कुलो रहेको छ । उक्त कुलोको दुबै देउमा आप सिसौ जामुन लगायत विभिन्न जातका लागेका रुख मध्ये पुरानो लगभग २० फिट गोलाईको हरियो फलेको आंपको रुख थान–१ र करीब १० फिल गोलाईको सिसौ थान–१ र सोही ठाउँमा रहेको म निवेदकको कि.नं. ३३७ को जग्गामा लागेको सिसौं थान–१ गरी ३ थान रुखहरु नरैनापुर वडा नं. १ का वडा अध्यक्ष इशाक जोलाहले ०८१ चैत्र २३ गते काटी नरैनापुर–५ मा निज इशाक जोजाहले सञ्चालन गरेको इट्ट...
साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २९ चैत – नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वलीले गत चैत २७ र २८ गते आएको हावाहुरी तथा पानीले बाँके जिल्लामा रहेका ६० बढी ईट्टा उद्योगहरु मध्ये आधा भन्दा धेरै ईट्टा उद्योगहरुमा नोक्सानी भएको बताउनु भयो । अध्यक्ष वलीले विभिन्न ठाउँमा रहेका ईट्टा उद्योगीहरुबाट संकलन गरिएको तथ्यांक अनुसार करीब–करीब १ करोड ५० लाख काँचो ईट्टा नोक्सानी भएको बताउँदै सोको अनुमानित मूल्य जोड्दा करीब ५ करोड ५० लाख बराबर नोक्सानी भएको बताउनुभयो । अध्यक्ष वलीका अनुसार श्रद्धा ईट्टा उद्योग, चाचा ईट्टा उद्योग, चाँद ईट्टा उद्योग, देउती ईट्टा उद्योगलगायत ३० बढी ईट्टा उद्योगहरुद्वारा तयार गरिएको कच्चा पदार्थमा हावाहुरी तथा पानीले नोक्सानी भएको बताए । एउटा काँचो ईट्टा तयार गर्दा करीब–करीब ५ रुपैयाभन्दा बढी खर्च लाग्ने गरेको बताईएको छ । सोमा प्रयोग हुने माटो, पानी, मजदुरीलगायत...
७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २८ चैत – लागूऔषध तस्करी रोक्न र तस्करीमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न बहराइचका प्रहरी उपरीक्षकले सञ्चालन गरिरहेको अभियानका क्रममा अतिरिक्त प्रहरी उपरीक्षक (ग्रामीण) दुर्गाप्रसाद तिवारी र इलाका अधिकारी नानपारा प्रद्युम्न सिंहको नेतृत्वमा र इन्चार्ज इन्स्पेक्टर रूपैदिहा दद्दन सिंहको निर्देशनमा सञ्चालित चेकजाँच अभियानको क्रममा नेपालबाट आउँदै गरेको एक लागूऔषध तस्करलाई १ किलो ८०० ग्राम अवैध नेपाली चरेससहित पक्राउ गरिएको छ । इन्चार्ज इन्स्पेक्टर रुपैडिहा दद्दन सिंहले भने कि रुपैडिहा प्रहरी र एसएसबीको संयुक्त गस्तीको क्रममा, जसमा सब इन्स्पेक्टर अशोककुमार, चौकी इन्चार्ज शिवपुर मोहर्निया र युएन सन्तोषकुमार यादव र एसएसबीको संयुक्त टोली थियो । जब उनीहरू आइ.सी.पी.मा सवारी साधन र आउने–जाने मानिसहरूको जाँच गरिरहेका थिए । रोड चेक पोस्ट रुपैडिहामा एक नेपाली व्यक्ति नेपालबाट आउँदै ग...
विश्वास, प्रेम, धोखा, जहाँ बिखण्डन भयो एक परिवार….

विश्वास, प्रेम, धोखा, जहाँ बिखण्डन भयो एक परिवार….

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २४ चैत – भनिन्छ जहाँ विश्वास हुन्छ त्यहाँ जीवन हुन्छ । यसैको आधारमा दुई परिवारका बीच सम्बन्ध स्थापित भई बंश अगाडी बढाईन्छ । जहाँ एक परिवारको पक्षबाट केटा हुन्छ भने अर्को परिवारको पक्षबाट केटीलाई सामाजिक परम्परा अनुसार एक सुत्रिय बन्धनमा बाँधी पुण्य कमाईन्छ भन्ने मान्यता रही आएको छ । सोही विश्वासलाई आधार मानि श्रीमान श्रीमति बीच गहिरो प्रेम सम्बन्ध स्थापित भई जीवनयापन हुने गरेको कतिपय उदाहरण आज पनि समाजमा हेर्न पाईन्छ । तर जब विश्वासमा कुठाराघात हुन्छ त्यही बेला घर बेघर भई समाजमा नानाथरीका भनाईहरु आउने गरेको पाईन्छ । सोही विश्वासलाई आधार बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने नन्कु साहु तेलीले बर्दिया शान्तिपुर बस्ने माया चन्द बीच २२ वर्ष अगाडी सामाजिक परम्परा अनुसार सम्बन्ध स्थापित भई घरजाम गरेका थिए । उनीहरु बीच विश्वास, माया प्रेमले भरिपूर्ण सबथोक थियो । जसले ...
कृष्णसार एफएमद्वारा रक्तदान आयोजना

कृष्णसार एफएमद्वारा रक्तदान आयोजना

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २१ चैत – कृष्णसार एफएम ९४ मेगाहर्जले १६ औं बार्षिकोत्सवको अवसर पारेर विहीवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमममा रेडियोका कार्यकारी प्रमुख तुला अधिकारी, समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष माधवराज अधिकारी, सचिव साबित्री गिरी, कोषाध्यक्ष राकेशकुमार मिश्र, सदस्य योगराज चौधरीले रक्तदान गर्नुभयो । यस्तै रेडियोमा कार्यरत कुशल विश्वकर्मा, नेपाल स्वयंमसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाह, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का स्वास्थ्य इन्चार्ज भागीराम चौधरी, स्वास्थ्यकर्मी धर्मेन्द्र सिंह, नेपालगन्जका रिनु खत्री र लक्ष्यबहादुर विश्वकर्मा लगायत एक दर्जनले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई रेडियोका कार्य...
कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ चैत – कृष्णसार एफएम ९४ मेगाहर्ज विहिबारदेखि १७ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । वदलिदो प्रविधिको उपयोग गर्दै कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको कार्यकारी निर्देशक तुला अधिकारीको भनाई छ । एफएमले हाल अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको छ । २ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्र कै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथ दिएर यस क्षेत्र कै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद ...