
नेपालगन्ज, १३ जेठ – आजको रक्तदान, भोलिको मुस्कान भन्ने नारा सहित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको जानकी गाउँपालिकामा प्राङ्गणमा जेष्ठ १३ गते बुद्धवार आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २१ जनाले रक्तदान गरेका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालद्वारा सञ्चालित जानकी गाउँपालिका कार्यालय, मानपुर बाँकेको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्य र उपाध्यक्ष रामप्यारी यादवको सभापतित्वमा सञ्चालित रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव लगायतले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जका वरिष्ठ प्राविधिक सोम प्रकाश सापकोटा, पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्याल, सञ्चारकर्मी शम्भु प्रसाद थारु, राधेश्याम धोबी, सामाजिक विकास समिति संयोजक रामअचल धोवी, दुर्गाप्रसाद वर्मा, रुसतम अली दर्जी, भिमबहादुर नेपाली, सरदार अली भाँट, कल्लु खाँ, धनबीर चौधरी, बिजय वर्मा, सन्नी यादव, अनिश खाँ, सामाजसेवी नारायण गडरिया पाल, उमेशकुमार सोनकर, तिलकराम पासी, मीरा लोनिया, रिन्कू तिवारी रोहन कठायत लगायत महिला पुरुष गरी २१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष छब्बन खाँले रक्तदान व्यक्तिको स्वास्थ्यका लागि फाईदा मात्र नभएर बिरामी, रोगीका लागि जीवनदान काम भएको बताउनुभयो । कार्यक्रम सभाध्यक्ष तथा पालिका उपाध्यक्ष रामप्यारी यादवले जनप्रतिनिलाई गाउँगाउँबाट रगत अभाव हुँदा र आवश्यकता पर्दा रातीमा समेत फोन आउने गरेको भन्दै रक्तदानले ग्रामीण क्षेत्रका गरीव जनतालाई बचाउने बताउनुभयो । पालिकाले पछिल्ला समयमा रक्तदान कार्यक्रमलाई प्राथामिकता दिएको उहाँको भनाई छ ।

आयोजित रक्तदान कार्यक्रममा नेरेसो गनापुर उपशाखाका सभापति दुक्खीराम लोनिया, पत्रकार प्रेम सिंह एसके, शतक रक्तदाता तथा सञ्चारकर्मी पवन जायसवाल, दिनेश ठाकुर, लक्ष्मी तिमिल्सेना, शम्भु चौधरी, राष्ट्रिय दलित पत्रकार संघ केन्द्रीय सदस्य भिम बहादुर नेपाली, केन्द्रीय पार्षद कुशल दर्लामी, बर्दिया जिल्ला अध्यक्ष दलबहादुर सुनार, बाँकेका काव अध्यक्ष आशा परियार, जानकी सुचना केन्द्रका पूर्वअध्यक्ष नारायण -पाल), समाजसेवी गीता वि.क, जानकी गाउँपालिका सामाजिक विकास समिति संयोजक रामअचल धोवी, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, योजना शाखा प्रमुख शोभा पौडेल, आईटी प्रमुख विकास जिसी, यादव समाज बाँकेका अध्यक्ष सूर्यलाल यादव लगायतको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जका वरिष्ठ प्राविधिक सोम प्रकाश सापकोटा, सुनिता कुमाई,पुनम राना, भवानी सुनार, बीरेन्द्र योगी र बैकुण्ठ रेग्मीले प्राविधिकमा सहयोग गरेका थिए । रक्तदान कार्यक्रममा ६७ जनाको उपस्थिति रहेको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्याल जनाएका छन् ।
