Monday, May 25सत्यम खबर
Shadow

ब्रिनोजको सहयोगमा निःशुल्क कान शिविर सम्पन्न

नेपालगन्ज, ११ जेठ – सामुदायिक सशक्तिकरण तथा रुपान्तरण -कमिट) नेपालको आयोजना ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगमा एक दिने निःशुल्क कान शिविर आईतबार सम्पन्न गरिएको छ ।

नेपालगन्ग उपमहानगरपालिका वडा नं. ७ मा एक दिने निःशु ल्क कान शिविरबाट महिला ६९ पुरुष १३ गरी जम्मा ८२ जनाले स्वास्थ्य लाभ लिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज–५, फुल्टेक्राका कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच इन्चार्ज भिषण थारुले जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ स्थिति प्रगतिशिलि मार्गमा रहेको स्वास्थ्य चौकीमा बिहान ११ बजेदेखि शुरु भई दिउँसो ३ः३० बजेसम्म ८२ जनाको चेकजाँच गरिएको जानकारी गराउँदै कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच इन्चार्ज थारुले ७ जनालाई थप उपचारको लागि रिफर गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *