Friday, July 31सत्यम खबर
Shadow

समाज

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बागलुङ, १८ भाद्र – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ ।सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । तस्वीर : गुगल अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले फोन मार्फत भने, ‘अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई ...
चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, भाद्र १८ – चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ । चितवन मेडिकल कलेजमा उपचारत भरतपुर–११ निवासी ४० बर्षीया महिलाको मृत्यु भएको हो । झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति करिव १२ः२३ मा मृत्यु भएको उनले बताए । हालसम्म कोरोना संक्रमणका कारण चितवनका १० जनाको मृत्यु भईसकेको छ ।...
अपडेटः बाँकेमा ८८ वर्षका बृद्धसहित २४ जना घर फर्किदै

अपडेटः बाँकेमा ८८ वर्षका बृद्धसहित २४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ३ महिलासहित २४ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र ४ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ९५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ७ सय ८३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।बाँकेमा हालसम्म २० हजार ६ सय ४४ जनाको पिसिआर जाँच भइसकेको छ भने ३ महिलासहित ६ जनाको मृत्यु भएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।...
अपडेटः बुधबार ४ महिलासहित ९ जनामा कोरोना पुष्टि

अपडेटः बुधबार ४ महिलासहित ९ जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – भेरी अस्पताल नेपालगन्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ९ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । कोरोना पुष्टि भएकाहरुमा बाँकेका ७ जना, खलंगा जाजरकोटका १ जना र बासगढी बर्दिया १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढि नेपालगन्जका ७ जना रहेका छन् ।योसँगै जम्मा १ हजार ९४ जनामा कोरोना संक्रमित पुष्टि भई सकेको छ भने ३ सय २९ जना हाल उपचाररत रहेको स्वास्थ कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार आज बुधबार डिस्चार्ज भएका १३ जना गरी जम्मा ७ सय ५९ जना निको भई घर फर्किसकेका छन् ।...
२२ वर्षकै उमेरमा चम्ल्याहा बच्चा

२२ वर्षकै उमेरमा चम्ल्याहा बच्चा

प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुर, १७ भाद्र –जनकपुरमा एक २२ वर्षीया महिलाले एकैपटक चम्ल्याहा बच्चा जन्माएकी छन् । मंगलबार साँझ धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले चार शिशुलाई जन्म दिएकी हुन् । प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन् । अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् ।शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ । तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको छ ।चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ । उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा देखिएकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणक...
कसरी मनाउने श्राद्ध ? के–के चाहिन्छ श्राद्ध मनाउन ?

कसरी मनाउने श्राद्ध ? के–के चाहिन्छ श्राद्ध मनाउन ?

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ । दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । यस वर्ष भने मलमासको कारण सोह्र श्राद्द यस महिनामा परेको छ भने दशैं कार्तिक महिनामा परेको छ । तृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा आफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलाई थप स्पष्ट पार्छ । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १...
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । गत २४ घन्टामा १ हजार ६९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।प्रदेश १ को उदयपुरमा १, ओखलढुंगा, खोटाङमा २÷२, झापामा १४, पाँचथरमा १, मोरङमा १२ र सुनसरीमा ५६ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।प्रदेश २ को धनुषामा १, पर्सामा २, बारामा ११, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १, सर्लाहीमा १९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । बागमती प्रदेशको काठमाडौंका १ सय ९३, काभ्रेपलाञ्चोक ८, चितवनका ४५, दोलखाका ११, धादिङका ११, भक्तपुरका ३०, मकवानपुरका ६, रसुवा १, रामेछापका २, ललितपुरका ५८, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ८, तनहुँमा ५, नवलपरासी पूर्वमा १४, लमजुङमा ३२ जना कोरोना ...
चितवनमा थपिए ४१ जना कोरोना संक्रमित

चितवनमा थपिए ४१ जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, १७ भाद्र – चितवनका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाबाट मंगलबार राति प्राप्त रिपोर्टमा चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ । उनीहरू २१ देखि ८० वर्ष सम्मका छन् ।भरतपुरमा गरिएको परीक्षणमा अन्य विभिन्न जिल्लाका ७ समेत गरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् ।भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ ।उनीहरूको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरि...
अपडेटः ६ महिलासहित १३ जना घर फर्किदै

अपडेटः ६ महिलासहित १३ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ६ महिलासहित १३ जना निको भएर घर फर्किने भएका छन् । भदौ ३ गते कोरोना संक्रमित देखिएका उनीहरु आज डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।हालसम्म बाँके जिल्लामा १ हजार ८५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ७ सय ५९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय २० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।...
छोरा बचाउन सहयोगको याचना गर्दै सोनी

छोरा बचाउन सहयोगको याचना गर्दै सोनी

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भएको पाईन्छ । कतिपयको घरबार बिहीन हुने अवस्था आएको छ भने कतिपयले आफन्तलाई गुमाई सकेको अवस्था विद्यमान रहेको पाईन्छ । विश्वमा करौडेले आफ्नो रोजगारी गुमाई सकेका छन् भने लाखा–लाखौ व्यक्तिहरु घरभित्र बसी भोकभोकै मर्ने अवस्थाको सृजना भएको छ । पीडित प्रमोद कुमार सोनी छोराको जीवन बचाउन याचना गर्दै । तस्वीर : सत्यमखबर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने प्रमोदकुमार सोनीको अवस्था पनि कसैबाट कम भएको आंकलन गर्न सक्ने अवस्था छैन् । उनी विगतमा सुनचाँदी पसलमा नोकरी गर्दै आएका थिए तर लकडाउनले गर्दा नोकरीबाट हात धुनु प¥यो । त्योसँगै भोकभोकै बस्ने अवस्थाको सृजना भयो । भोकै बस्न नपरोस् भनी ठाउँ–ठाउँमा सहयोगको याचना गर्न पुग्छन् ।सहयोगको याचना गर्नुपर्ने अर्को कारण पनि रहेछ, त्यो कारण हो उनको छोरा । जो जन्मदेखि नै मुटुमा प्वाल (छेद) भए...