Wednesday, March 11सत्यम खबर
Shadow

डिजिटल उपकरण र सुख्खा आँखा

२१औं शताब्दी आधुनिकीकरणको युग, जहाँ बाँच्नको लागि टेक्नोलोजी महत्त्वपूर्ण भएको छ । हामी सबैको डिजिटल ग्याजेट जस्तैः फोन, ल्यापटप र कम्प्युटर, ट्याबलेट, इ–रिडरहरू आदि छन्, जहाँ हामी हाम्रो आँखा ख्याल नगरी सबै सुविधाहरू खपत गर्छौं । डिजिटल स्क्रिनमा आँखाको अत्यधिक एक्सपोजरको कारण, यसले आँखामा विभिन्न जटिलता जस्तैः सुक्खा र जलन पु¥याउन सक्छ । आज हामी डिजिटल उपकरण र सुख्खा आँखाको बारेमा छलफल गर्नेछौं ।

निकिता थापा

छोटो परिचय
आँसु आँखाका लागि महत्वपूर्ण छ किनभने यसले आँखा स्वस्थ राख्नुका साथै आँखालाई स्पष्ट दृष्टि तथा स्नेह प्रदान गर्छ । आँखा झिम्काउनु अर्थात् ब्लिंकिङ आँखाको लागि निकै महत्वपूर्ण छ, किनकि जब हामी आँखा झिम्क्याउँछौं, आँखाको आगाडि भएको आँसुको लेयर, आँखामा फैलिन्छ जसले आँखालाई चिल्लो र साफा सतह प्रदान गर्छ ।
सुख्खा आँखा ः यो यस्तो अवस्था हो, जहाँ आँसु आँखालाई लुब्रिकेट गर्न र पोषण दिन असक्षम भएका कारण, असुविधा र जल्दो उत्तेजनाको महसुस हुन्छ । यदि हाम्रो आँखाले पर्याप्त मात्रमा आँसु उत्पादन गर्दैन वा आँसुको पर्याप्त उत्पादनमा कुनै दोष भयो भने आँखा सुख्खा हुनसक्छ ।
सुख्खा आँखाका सबैभन्दा सामान्य लक्षण
ड्ड आँखा चिलाउने
ड्ड आँखा पोल्ने
ड्ड धमिलोपन
ड्ड आँखाबाट पानी आउने आदि ।
कम्प्युटर भिजन सिन्ड्रोम (सिविएस) ः यो भनेको दृष्टि र आँखा सम्बन्धी समस्याहरूको एक समूह हो । यो अवस्था डिजिटल स्क्रिनहरूमा हाम्रो आँखाको अतुलनीय प्रदर्शन भएमा हुने गर्छ । अमेरिकी अप्टोमेट्रिक एसोसिएसनले यसलाई डिजिटल नेत्र तान भनेर वर्णन गरेको छ ।
लक्षण
ड्ड टाउको दुख्ने,
ड्ड आँखा पोल्ने,
ड्ड सुक्खा आँखा,
ड्ड आँखा थाकेको महसुस हुने,
ड्ड काँध तथा ढाड दुख्ने आदि
डिजिटल उपकरण र सुख्खा आँखा
यस आधुनिक युगमा लगभग धेरै व्यक्ति ल्यापटप र कम्प्युटरका सामु काम गर्छन् र मोबाइल फोनको प्रयोग गरिरहेका हुन्छन् । सामान्यतया स्वस्थ व्यक्तिहरू प्रतिमिनेट १०–१५ पटक आँखा झिम्क्याउँछन् । धेरै अध्ययन र अनुसन्धानहरूको निष्कर्ष अनुसार जति बढी मात्रामा हामीले डिजिटल स्क्रिनको प्रयोग गर्छौं, हामीले हाम्रो आँखा उत्तिकै कम झिम्क्याउँछौं । यसरी डिजिटल स्क्रिनको अत्यधिक प्रयोगसँगै जब आँखा कम झिम्किन्छ यसले जलन र सुक्खा आँखा गराउने गर्छ ।
हामीले सामान्य रूपमा आँखामा पानी (आँसु) छ भनेर सोच्दछौं तर वास्तवमा आँखामा ओइल र म्युकस पनि रहेको छ, जुन स्क्रेट भइरहेको हुन्छ । आँखाको नानी कोर्नियाको आगाडि पातलो कोट हुन्छ, जसलाई टियारफिल्म भनिन्छ, जसले आँखालाई स्नेह दिन्छ र मोइस्चराइज गर्छ । जसरी आँखा झिम्काउने दरमा कमी आउँछ, आँसुको लेयर घट्छ जसले ड्राई आई सिन्ड्रोमका लक्षणहरू निम्त्याउँछ र यदि आँसुको कोट धेरै घटेमा ड्राई आई हुन पुग्छ । सुक्खा आँखा बाहेक यसले आँखामा जलन र असुविधा पनि पु¥याउँछ । अध्ययनले पत्ता लगाएझैं अन्ततः आँखा विभिन्न संक्रमणको सिकार हुन सक्छ ।
उपचार ः सुक्खा आँखाको उपचार गर्न सर्वप्रथम बिरामीको इतिहास लिएर विस्तृत आँखा परीक्षण गर्नुपर्छ। बिरामीको दृष्टि मूल्यांकन गरिसकेपछि आँखा झिम्क्याउँने दर, आई लिड र कोर्नियाको अवस्था मूल्यांकन गरेर, आँसुको गुणस्तर र मात्रा मापन गर्नुपर्छ ।
प्राथमिक दृष्टिकोणहरू ः १. आँसु थप्नेः सामान्यतया हल्का केसहरू कृत्रिम ड्रपको प्रयोग गरेर उपचार गरिन्छ । संरक्षक–मुक्त आँखा ड्रप दीर्घकालीन प्रयोगको लागि राम्रो हुन्छ भन्ने मान्यता छ ।
२. आँसुको उत्पादन बढाउन पौष्टिक पूरकको रूपमा ओमेगा ३ फ्याट्टी एसिड लिएर आँसुको उत्पादन बढाउन मद्दत गर्न सकिन्छ ।
३. वाष्पीकरण घटाउनुहोस्ः ह्युमिडिफायरको साथ कोठाको तापमान घटाउने ।
४. आई लिडको उपचार जस्तैः ब्लेफेराइटिस भएमा वा आई लिडको स्वच्छताका लागि उपायहरु आपनाउनु महत्त्वपूर्ण छ । यदि आँखा वरिपरि कुनै प्रकारको सुजन भयो भने तातो कम्प्रेस वा लिडको मसाजले यसलाई मद्त गर्न सक्छ ।
कम्प्युटर प्रयोगको लागि ः १. कम्प्युटरको स्थानः मोनिटर वा स्क्रिनलाई हातको लम्बाइमा राख्ने, लगभग २५ इन्च टाढा र स्क्रिनको हेराइ थोरै तलतिर हुने गरी मिलाउने ।
२. एन्टी–ग्लेर गिलासः ग्लास स्क्रिनहरूको अत्यधिक उज्यालोपनले आँखालाई असर पारी आँखा पोल्ने वा आँसु आउने जस्तो समस्या आउन सक्छ । यस स्क्रिनबाट आएको उज्यालोपनबाट हुने आँखा जलनलाई एन्टि–ग्लेर चश्माको प्रयोग गरेर कम गर्न सक्छौं ।
३. प्रकाशः वरिपरिको उज्यालोभन्दा यदि स्क्रिनको प्रकाश अधिक उज्यालो छ भने हाम्रो आँखालाई स्क्रिन हेर्न अझै बढी संघर्ष गर्नुपर्छ । स्क्रिनको प्रकाश समायोजन गरेर आँखामा परेको तनाव कम गर्न सकिन्छ साथै स्क्रिनको कन्ट्रास्ट बढाएमा आँखालाई सजिलो हुन्छ ।
४. आसन स्थितिः कुर्सीको बसाइ पनि सहज हुनुपर्छ । कुर्सीको उचाइ तपाईंको पैताला भुइँमा सन्तुलित हुनेगरी व्यवस्थित गर्ने र हातहरू टाइप गर्दा समर्थन प्रदान गर्ने गरी समायोजित गर्नुपर्छ ।
५. आँखालाई विश्राम दिनुहोसः २०–२०–२० नियमको पालना गर्नुहोस् अर्थात् कम्प्युटर वर्क गर्दा प्रत्येक २० मिनेटमा २० फिट टाढा २० सेकेन्डसम्म कुनै वस्तुलाई केहीबेर हेर्नुहोस्, यसले तपाईंको आँखालाई आराम दिन्छ ।
६. स्क्रिन हेर्दा बारम्बार आँखा झिम्क्याउने र झिम्क्याउने लगातार प्रयास गरिरहने (१५–२० पटक र मिनेट) ।
७. अत्यधिक स्क्रिन प्रयोग नगर्ने ।
(स्रोतः स्वास्थ्यखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *