Saturday, August 1सत्यम खबर
Shadow

समाज

अपडेटः बाँकेमा आज ४ महिलासहित १९ जना घर फर्किदै

अपडेटः बाँकेमा आज ४ महिलासहित १९ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ४ महिलासहित १९ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र २५ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ७ सय २ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ३ सय ५६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ४० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७९.६७ रहेको छ भने बिरामी मृत्यु दर ०.६५ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२८ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ११ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
बर्फानी बाबामाथिको घटनाप्रति संघ संगठनहरुद्वारा ज्ञापन–पत्र

बर्फानी बाबामाथिको घटनाप्रति संघ संगठनहरुद्वारा ज्ञापन–पत्र

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नरैनापुर गाउँपालिका वडा नं–३ बाँके जिल्ला स्थित बाबा बर्फानी मन्दिरका बाबा बर्फानीमाथि भएको सांघतिक हमलाप्रति हिन्दूवादी संघ, संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार हिन्दुवादी संघ, संगठनले घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा नेपालमा साधु सन्तसहित सर्वसाधारण समेत सुरक्षित नरहनु दुभाग्र्यपूर्ण भएको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्बीहरुको आस्थासँग जोडिएको मर्ममाथि भएको आक्रमणले सम्पूर्ण हिन्दु समाज मर्माहित भएको भन्दै घट्नाको घोर निन्दा गर्दै उक्त घट्नामा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र कानूनको घठघरामा ल्याई प्रशासनमार्फत सार्वजनिक गर्न माग गरिएको छ । साथै बाबा बर्फानीको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै निरन्त...
हाजी खुर्सिद अहमदको निधन

हाजी खुर्सिद अहमदको निधन

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – राही टे«डर्स तथा राही मार्ट सञ्चालक तथा समाजसेवी हाजी खुर्सिद अहमदको निधन भएको छ । नेपालगन्जस्थित राही मार्टका सञ्चालक खुर्सिदको बुधवार बिहान उपचारका क्रममा निधन भएको छ । खुर्सिद नेपालगन्ज उद्योग बाणिज्यका एसोशिएट सदस्य रहेका छन् ।ब्यवसायी खुर्सिदको निधनप्रति नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दुःख ब्यक्त गरेका छन् । उनले खुर्सिदको निधनबाट नेपालगन्जको निजीक्षेत्रले एक असल व्यवसायी गुमाएको बताए ।...
अपडेटः कोरोना संक्रमित ३९ वर्षिय पुरुषको मृत्यु

अपडेटः कोरोना संक्रमित ३९ वर्षिय पुरुषको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नेपालगन्जको भेरी अस्पतालमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।निमोनियाबाट ग्रसीत भएका ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भाद्र २९ गते नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो । बिरामीको अवस्था झनै जटिल बन्दै गएपछि कोरोनाको उपचारका लागि आवश्यक सबै उपाय अवलम्वन गर्दा समेत उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।उनको उपचारका लागि ४ वटा भेन्टिलेटरको प्रयोग गरिएको थियो । उपचार कै क्रममा बुधबार बिहान १०ः३० बजे बिरामीको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार म...
कोरेक्ससहित दुई जना पक्राउ

कोरेक्ससहित दुई जना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – बाँके प्रहरीले अबैध लागुऔषध कोरेक्स र सुर्तिजन्य पदार्थसहित २ जनालार्ई नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार बेलुका डुडुवा गाँउपालिका ५ मिलनचोक स्थित ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका १८ लग्दहवा बस्ने ३२ वर्षिय पप्पु बेहना र सोही ठाँउका ३५ वर्षिय जिलेदार हरीजन रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट २८ सि.सी. कोरेक्स, ५ पोका सुपर पावर सुर्ति र ५ पोका बिडी बरामद गरेको हो । पक्राउ परेको दुबै जना बिरुद्ध थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
प्रेस काउन्सिलको ५१ औं वार्षिकोत्सव जारी, झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो

प्रेस काउन्सिलको ५१ औं वार्षिकोत्सव जारी, झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो

कला/साहित्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौँ ६ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पु¥याउनु पर्ने समेत बताउनुभयो । ‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनु पर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु ।’शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ ...
अतिविपन्न परिवारलाई युनेस्को क्लबद्धारा कुखुराका चल्ला र दाना वितरण

अतिविपन्न परिवारलाई युनेस्को क्लबद्धारा कुखुराका चल्ला र दाना वितरण

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – बाँकेको नेपालगन्ज, राप्तीसोनारी र नरैनापुरका अति विपन्न तथा पिछिडिएका परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले कुखुरा पालनका लागि चल्ला, दाना र अन्य सामाग्री वितरण गरिएको छ ।कतार च्यारेटी नेपालद्वारा बाँके युनेस्को क्लबमार्फत सञ्चालन गरिएको जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट सो सहयोग प्रदान गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको कालाफाँटाका अति विपन्न २८ परिवारलाई कुखुरापालनका लागि प्रति परिवार १ सय ४० वटा कुखुराका चल्ला, ४ बोरा दाना, पानी खुवाउने ड्रम ३ वटा, दाना खुवाउने ड्रम ३ वटालगायतका सामाग्री प्रदान गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याएर उनीहरुलाई सक्षम बनाउनका लागि...
थप एक ५८ वर्षिय पुरुषको मृत्यु, मृत्यु संख्या ११ पुग्यो

थप एक ५८ वर्षिय पुरुषको मृत्यु, मृत्यु संख्या ११ पुग्यो

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ असोज – बाँकेमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जना मृत्यु भएको छ ।मृतक सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारे निवासी ५८ वर्षीया पुरुष हुन् । यससँगै बाँके जिल्लामा कोरोना भाइरस को संक्रमणबाट मृत्यु भएकाको संख्या ११ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।निज कर्तव्य ज्यान मुद्दामा कैदीबन्दी रहेको र उपचारका लागी सुर्खेतबाट बाँके कारागार मार्फत पठाईको थियो ।बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाको ठेगाना भएका कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकाको संख्या ४ पुगेको छ ।...
नागरिक समाजद्वारा डा. गोबिन्द के.सी.लाई समर्थन

नागरिक समाजद्वारा डा. गोबिन्द के.सी.लाई समर्थन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ५ असोज – गत भाद्र २९ गतेदेखि अनशनरत डा. गोविन्द केसीकोे सत्याग्रहलाई सर्मथन गर्दै नेपालगन्जका नागरिक समाजका अगुवाहरुले उहाँको जिवन रक्षाका लागि नागरिक अपिल गरेका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संयोजनमा आईतबार बसेको बैठकले डा. केसीका मागहरु नेपाली जनताको हितमा रहेको भन्दै उहाँको मागहरुलाई सरकारले तत्काल सम्बोधन गरि जिवन बचाउन अपिल गरेको हो । पटक–पटक सत्याग्रह बस्नुभएका डा. केसीको अभियानप्रति एक्यबद्धता जनाई मुलुकमा भ्रष्टाचारको अन्त्य, विधीको शासन, चिकित्सा क्षेत्रको सुधार, कोभिड–१९ महामारीपछि उत्पन्न समस्याको समाधान लगायतका माग जायज रहेकाले सरकारलाई सम्बोधन गर्न नागरिक अपिल गरिएको छ ।बैठकले भोली डा. केसीले उठाउनु भएको मागको सम्बोधन र उहाँको जिवन रक्षाका लागि दबाब दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन प्रशासनमार्फत ध्यानाकर्षण पत्र दिने र साँझ उहाँको ज...

महिला उद्यमी वीनालाई रक्षक सेक्युरिटिजको सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ असोज – नेपालगन्जकी महिला उद्यमी वीना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ । सेक्युरिटिजका अधिकृत गणेशबहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दिला शाहमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।‘उहाँको उपचारमा धेरै रकम आवश्यक छ ’ । अधिकृत राईले भने – ‘ हाम्रो सानो सहयोगले पनि उहाँलाई केही राहत होस् भनेर रक्षकले सहयोग गरेको हो’ ।काठमाण्डौ वालुवाटारमा प्रधान कार्यालय रहेको रक्षक सेक्युरिटिजको नेपालगन्ज कार्यालयले प्रदेश न.ं ५,६ र ७ हेर्दछ ।विना शर्मा कुनै समयको अति व्यस्त साथी कृष्ण कटेजकी सञ्चालक हुन् । सानो पसलबाट शुरु गरेर सफल उद्यमी बनेकी शर्मा केही समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनको उपचारमा सहयोग अभियान थालिएको छ ।...