
नेपालगन्ज, ४ आश्विन – आईतबार बाँकेबाट ८ महिलासहित ४१ जना कोरोना संक्रमित निको भइ घर फर्किने भएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आईतबार डिस्चार्ज हुनेहरुमा जिल्लाका विभिन्न स्थानका ८ महिला र ३३ पुरुष गरी जम्मा ४१ जना रहेका छन् । श्रेष्ठका अनुसार उनीहरुलाई भाद्र २१ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।
यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या १ हजार २ सय ४४ पुगेको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २ जना समेत गरी ३ सय ३८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ९० रहेको छ भने भने ६ पुरुष र ४ महिला गरी १० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
