नेपालगन्ज, ४ असोज – भेरी अस्पतालले दिउँसो ३ः५० बजेसम्म (२४ घण्टा) को पिसिआर रिर्पोट सार्वजनिक गरेको छ । आईतबार ४ महिलासहित ८ जना कोरोना संक्रमण देखिएका छन् । भेरी अस्पताल नेपालगन्जद्वारा आज आईतबार जारी गरिएको विवरण अनुसार बाँकेको नेपालगन्ज र कोहलपुरका कोरोना संक्रमित देखिएका छन् ।
यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या १ हजार २ सय ४४ पुगेको छ भने बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ९८ रहेको छ । योसँगै ६ पुरुष र ४ महिला गरी १० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।