Wednesday, March 11सत्यम खबर
Shadow

अपडेटः शनिबार बाँकेमा कोरोनाले थप एकको मृत्यु

नेपालगन्ज, ४ असोज – बाँकेमा शनिबार कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।
नेपालगन्ज–२१ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार राती ११.३० बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
भाद्र २० गते उनको स्वास्थमा समस्या भएपछि उनी भेरी अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि त्यही दिन दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो ।


भाद्र २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनलाई प्लाजामा थेरेपी, हाईड्रोक्जिन, सिपिएपि बाट उपचार गरिएको र भाद्र २५ गते उनलाई रिमडिसिभर नामक औषधि चलाईएको थियो ।
उनको स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा उनलाई शनिबार भेन्टिलेटरमा राखिएको र सबै सम्भव उपचार दिँदा पनि उनको मृत्यु भएको भेरी अस्पताल स्रोतले जनाएको छ । दुबै तिरको फोक्सोमा निमोनिया उनको मृत्यु भएको रिपोर्ट अनुसार देखिएको छ ।
यो सँगै बाँकेमा कोरोना संक्रमणबाट ४ महिलासहित १० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *