
नेपालगन्ज, ३ आश्विन – शनिबार देशभर १ हजार २ सय ४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन् । यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ४५ हजार २ सय ६८ पुगेको छ । हाल देशभर १७ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस दिन १० हजार ३ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यी सहित मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ ।
