Thursday, September 25सत्यम खबर
Shadow

बाँकेमा कोरोना कहरबीच २३ जनाको मृत्यु

नेपालगन्ज, १५ असोज – नेपालगन्ज र बाँके जिल्लामा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई अस्पताल भर्ना भएका बाँके जिल्लाका १६ जना र अन्य जिल्लाका ७ जना गरी २३ जनाको मृत्यु भएको छ भने २१ जनाको अवस्था गम्भीर रहेको छ ।
बाँके जिल्लामा कोरोना संक्रमण भई नेपालगन्ज स्थित भेरी अस्पतालमा बुधबार ६० जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको बुधबार अपराह्न १ जनाको मृत्युपछि ५९ जनाको उपचार भइरहेको छ ।


भेरी अस्पतालमा उपचार गराइरहेका ५९ जना कोरोना संक्रमित विरामीहरु मध्य १८ जनाको अवस्था गम्भीर रहेको, ३७ जनाको अवस्था मध्यम र अन्य ५ जनाको अवस्था सामान्य रहेको भेरी अस्पतालले जिल्लाको कोरोना संकट व्यवस्थापन समितिलाई जानकारी दिएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
त्यसैगरी नेपालगन्ज स्थित शिक्षण अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा बुधबार साँझसम्म ५२ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ ।
उपचार गराइरहेका मध्य ३ जना गम्भीर, ५ जना मध्यम र ४४ जना सामान्य अवस्थामा बिरामीहरु रहेको बाँके जिल्लाको कोरोना संकट व्यवस्थापन समितिका फोकल पर्सन एवम् स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता श्रेष्ठ जानकारी गराउनुभयो ।


बाँके जिल्लामा बुधबारसम्म १४ महिला र १२ पुरुष गरी २६ जना कोरोना संक्रमित थपेसँगै जम्मा १ हजार ९ सय १३ जना पोजेटिभ केश पुगेका छन् । जसमा नरैनापुर गाउँपालिका १ सय २२ जना, नेपालगन्ज उपमहानगरपालिका ९ सय ७ जना, डुडुवा गाउँपालिका ३६ जना, राप्तीसोनारी गाउँपालिका ८५ जना, खजुरा गाउँपालिका १ सय २९ जना, बैजनाथ गाउँपालिका ६१ जना, कोहलपुर नगरपालिका २ सय ७१ जना, जानकी गाउँपालिका ६७ जना र अन्य २ सय ३५ गरी जम्मा १ हजार ९ सय १३ जना कोरोना संक्रमित पुगेका छन् ।
जसमध्ये बुधबार नै ३४ जना डिस्चार्ज भई घर फर्किए सँगै निको हुनेको संख्या १ हजार ५ सय ४१ पुगेको छ भने ३ सय ५६ जना हाल उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *