Monday, March 9सत्यम खबर
Shadow

अपडेट : देशभर १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

काठमाडौं, १४ असोज – बुधबार देशभर थप १ हजार ५ सय ५४ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।


यी सहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म देशभर ५६ हजार ४ सय २८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ४ सय ९८ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *