
नेपालगन्ज, १४ असोज – बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज वडा नं. १ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधवार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सार्वजनिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट ५ महिलासहित १६ जना पुगिसकेका छन् ।
