नेपालगन्ज, २९ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १२ महिलासहित ६४ जना निको भई घर फर्किने भएका छन् ।
असोज १५ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

हालसम्म बाँके जिल्लामा २ हजार ५ सय ५४ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ९ सय ६३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ८६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.८६ रहेको छ भने बिरामी मृत्यु दर १.०२ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.४२ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि जिल्ला भित्र २७ जना र जिल्ला बाहिर १२ सहित जम्मा ३९ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।
