
नेपालगन्ज, २७ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १३ महिलासहित २६ जना निको भई घर फर्किने भएका छन् ।
असोज १३ गते कोरोना संक्रमित देखिएका उनीहरु आज मंगलबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
हालसम्म बाँके जिल्लामा २ हजार ४ सय ४० जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ८ सय ७३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ६२ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.७६ रहेको छ भने बिरामी मृत्यु दर १.०७ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.४१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि जिल्ला भित्र २६ जना र जिल्ला बाहिर १२ महिलासहित ३८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।
