Wednesday, May 27सत्यम खबर
Shadow

नगरमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

नेपालगन्ज, २५ असोज – प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगन्ज उप–महानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापन बारे परामर्श सुरु गरेको छ ।
नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा आईतबार राजनीतिक दलका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको छ । सो छलफलबाट मव क्याम्पस नेपालगन्जका सहप्राध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णको संयोजकत्वमा छात्रा कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन गरि प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन गरिएको छ ।


सो अवसरमा नगर प्रमुख राणाले सञ्चालनका सम्बन्धमा विभिन्न प्रस्ताव आएको बताउँदै छात्रा कलेज उपमहानगरपालिका आफैले सञ्चालन गर्ने बताउनुभयो । अहिले पनि नेपालगन्जमा ठुलो संख्यामा छात्राहरु उच्च शिक्षा पाउनबाट बञ्चित भएको अवस्था छ, नगर प्रमुख राणाले भन्नुभयो,– मुस्लिम, मधेसी लगायत सबै समुदायका छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने यसको मुख्य उद्देश्य हो । शिक्षामा कुनैपनि कम्प्रोमाईज नहुने भन्दै उहाँले यसलाई मुलुक कै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गरिने बताउनुभयो ।
प्रदेशसभा सदस्य समेत रहनुभएका नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले नेपालगन्जमा स्थापना गर्न लागिएको छात्रा कलेज मुलुक कै लागि उदाहरणी बनाउन सबै पक्षको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो । धम्बोझी माविको सफलताबाट पनि नेपालगन्जमा सरकारी स्तरमा राम्रो कलेज सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण भएको उहाँको भनाई छ ।


नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले छात्राहरुलाई उच्च शिक्षाका लागि सहज पार्ने उद्देश्यले कलेज स्थापना गर्न लागिएको भन्दै यसलाई विशेष महत्व दिनुपर्नेमा जोडठ दिनुभयो । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्य, डा. जनार्दन आचार्य शिक्षासह प्राध्यापक अशोक बस्नेत, रविन्द्र कर्ण, सञ्जयराज सिंह, समाजसेवी विजय गुप्ता, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायतले छात्रा कलेज सञ्चालन र ब्यवस्थापनका लागि सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *