Sunday, April 12सत्यम खबर
Shadow

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, २९ असोज – बाँकेमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । बुधबार राती उपचार कै क्रममा भेरी अस्पताल नेपालगन्जमा जानकी गाउँपालिका वडा नम्बर ६, प्रजातिपुरका ६५ बर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।


जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जानकी गाउँपालिका वडा नम्बर ६, प्रजातिपुरका कोरोना संक्रमित ६५ बर्षिय एक पुरुषको बुधबार राती १० बजे उपचार कै क्रममा भेरी अस्पतालमा मृत्यु भएको बताए ।
मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज १० गते बेलुका ७ः३० बजे उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा असोज २६ गते स्वाब संकलन गरिएको र २७ गते मृतक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई भेरी अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।
उपचारको क्रममा एन्टि बायोटिक्स र रेमडेसिभर, प्लाज्मा थेरापी लगायतका विधिबाट उपचार गर्दागर्दै बुधबार राती १० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या तथा कोभिड–१९ संक्रमणबाट उनको मृत्यु भएको उक्त नोटमा जनाइएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि भेरी अस्पताल र पारिवारिक पक्षबाट समन्वय र तैयारी भैरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *