Wednesday, May 27सत्यम खबर
Shadow

अपटेडः देशभर २ हजार ७१ जना कोरोना संक्रमित

नेपालगन्ज, २५ असोज – पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित थपिएको जानकारी गराउनुभयो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले गराउनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
हालसम्म नेपालमा ११ लाख ७६ हजार ९ सय ८४ जनाको पिसिआर परीक्षण गरिएको उहाँले जानकारी गराउनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ जना पुगेको छ । आज ३१ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७५ हजार ८ सय ४ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६ हजार ६ सय १८, प्रदेश २ मा १४ हजार ९ सय ८३, बागमति प्रदेशमा २८ हजार ३ सय ७, गण्डकी प्रदेशमा ४ हजार १ सय ९७, लुम्बिनि प्रदेशमा १० हजार ७ सय २४, कर्णाली प्रदेशमा ३ हजार ४ सय ४३ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ५ सय ३२ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७०.४ प्रतिशत हो ।
संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनु भएको संख्या ४ हजार ६ सय १३ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ र मुस्ताङमा मात्रै संक्रमण शून्यमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *