Monday, April 27सत्यम खबर
Shadow

नेपालमा कोरोनाबाट निको हुनेको संख्या एक लाखमाथि

नेपालगन्ज, ७ कार्तिक – नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाखमाथि पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो ।


विहिबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।
योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । विहिबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट थप २१ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *