नेपालगन्जमा प्रोटोनको नयाँ सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ मास ५’ सार्वजनिक
नेपालगन्ज, ११ साउन – नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले नेपालगन्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच द अल–न्यू प्रोटोन इ.मास ५ सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट तथा आधुनिक बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
हालै मलेसियाको प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026^’ df ‘Electric Compact Vehicle of the Year 2026^’ को उपाधि जित्न सफल प्रोटोन इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजन हो । यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सुविधा उपलब्ध छ । साथै, ७० लिटरको फ्रन्ट ट्रङ्क -फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न मिल्ने प...









