Sunday, July 26सत्यम खबर
Shadow

समाचार

सहरी बिकास मन्त्री राईको शुभकामना अभियान चौथो दिन पनि जारी

सहरी बिकास मन्त्री राईको शुभकामना अभियान चौथो दिन पनि जारी

प्रदेश ५, समाचार, समाज
सत्यमखबर बाँके,१ कार्तिक । गत सोमवार दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज आईपुगेका नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले नागरिकसँगको भेटघाट तथा दशैको शुभकामनालाई बिहीवार चौथौ दिन पनि निरन्तरता दिएका छन । बुधवार पुरैना,हिरमिनिया,भवानीयापुरको झण्डै एक दर्जन गाँउमा आयोजित कार्यक्रममा पुगेका मन्त्री राई बिहीवार नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडामा पुगगेर शुभकामा आदान प्रदान र भेटघाट गरेको सँघीय समाजबादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्धीन राईले बताएका छन । बिहीवार मन्त्री राई सहितको टोली नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १९ बसुदेवपुरको फुटहा, सुईया ,बगवानन पुरवा, वडा नम्बर २२ पुरैनीको किगरियनपुरवा,पुरैनी ,मनिकापुरको बिभिन्न गाँउ तथा उपमहानगर पालिका को कारकाँदो,भुजई गाँउ लगायतका गाँउमा पुगेर आयोजित कार्यक्रममा सहभागी भएको अध्यक्ष राईले बताए । कार्यक्रममा उपस्थित नागरिकहर...
घाँटी रेटी हत्या आरोपमा एक पक्राउ

घाँटी रेटी हत्या आरोपमा एक पक्राउ

प्रदेश २, समाचार, समाज
बारा : घाँटी रेटी महिलाको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा बारामा एकजना पक्राउ परेका छन्।  असोज ६ गते बारा कलैया उपमहानगरपालिका १३ वलिरामपुरकी ४५ की सियापित देवी धोबिनको हत्या आरोपमा प्रहरीले स्थानीय २८ वर्षीय रबिन महतो धानुकलाई पक्राउ परेकाे हो। उनलाई कलैया १० मटिअर्वास्थित सीमावर्ती क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा फेला परी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले भने,‘ ‘गाउँदेखि करिव एक किलाेमिटर दक्षिण-पूर्व पसाह खोला किनारमा रहेको आफ्नै खेतमा खर काट्न गएकी सियापित देवीलाई रबिनले हत्या गरेका रहेछन्। पत्नीकाे सहयाेगमा सयापित देवी एक्लै भएको अवस्थामा हँसियाले घाटी रेटी हत्या गरेका थिए।’ हत्यापछि रबिन फरार थिए। हत्यामा संलग्न रहेकी रबिनकी पत्नी भने अझै फरार छन्।  मृतक सियापति देवी र पक्राउ परेका रविनको ब...
मिथिला क्षेत्रमा घन्किने झिझिया गीत लोप हुँदै

मिथिला क्षेत्रमा घन्किने झिझिया गीत लोप हुँदै

प्रदेश २, समाचार, समाज
जनकपुरधाम : मिथिला क्षेत्रमा घन्किने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह अब देखिन छाडेको छ। ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा!’ यस्ता गीतको रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडा दशैँं पर्वमा मिथिलानीहरूले (मिथिलाका नारी) सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब मिथिलाञ्चलबाट हराउँदै गएको छ। असुर प्रवृतिविरुद्ध सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने दशैँं पर्वमा खासगरी मिथिला क्षेत्रको प्रमुख आकर्षण नै विगतमा झिझिया नृत्य रहने गरेको थियो। ‘दशैँं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन र देखिन छाडेको छ’ जनकपुर १४ का सुनिता सिंह बताउँछिन, 'अब त बरु हामीले बुझ्दै नबुझ्ने भाषाका गीत टोल बस्तीमा सुनिने गरिएको ...
बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

प्रदेश २, समाचार, समाज
जनकपुरधाम : धनुषामा पुनः एक बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो। धनुषाको विदेह नगरपालिका ७ की १३ वर्षीया एक बालिकामाथि ६५ वर्षीय वृद्धले बलात्कार गरेको घटना सार्वजनिक भएको हो। धनुषाको विदेह नगरपालिका ७ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई किशोरी बलात्कार आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए। श्रोतका अनुसार घटनालाई स्थानीय केही जनप्रतिनिधि र स्थानीय प्रहरीले समेत पैसाको चलखेल गरी ढाकछोप गर्न खोजेका थिए। तर घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। आरोपी र बलात्कृत बालिकाको मंगलबार अपराहन्न जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। श्रोतका अनुसार अहिले पनि घटना लुकाउन पीडक पक्षले पीडित परिवारला...
मृतात्माले सताइएका मान्छे निको पार्ने ‘भूत मेला’

मृतात्माले सताइएका मान्छे निको पार्ने ‘भूत मेला’

प्रदेश २, समाचार, समाज
जनकपुरधाम : बडादशैँका बेला अनादिकालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको सोनामाई मन्दिरमा भूत मेला लागेको छ। महोत्तरीको औरही नगरपालिका ७ मा अवस्थित सोनामाई शक्तिपीठमा परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेकोले षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूत मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थी मेला हेर्न आउने गरेका हुन्। प्रत्येक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेलामा भूतप्रेत, बोक्सा–बोक्सी र मृत दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष मेलामा आउने र सोनामाईको कृपाले मानिसहरू निको भएर जाने गरेको जनविश्वास रहेको सोनामाई मन्दिरका पूजारी कामेश्वर झाले बताए। सोनामाई मन्दिरमा भूत, पिशाच, कालो जादुटुना र बोक्सा–बोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोधारमा परेकाहरू सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दै–पड्दै,...
राजनैतिक पुर्वाग्रहको आधारमा नाम सिफारिस नहोस—मन्त्री राई

राजनैतिक पुर्वाग्रहको आधारमा नाम सिफारिस नहोस—मन्त्री राई

प्रदेश ५, समाचार, समाज
सत्यमखबर नेपालगञ्ज, ३१ असोज । शहरी विकास मन्त्री मोहम्म्द इस्तियाक राईले जनता आवास तथा शुरक्षित आवास कार्यक्रम मार्फत लाभान्वित हुने नागरिकहरुको तथ्याङ्क सँकलन तथा नाम सिफारिसमा खटिने ब्यक्ति गम्भीरता पुर्वक सत्यतथ्यमा आधारित रहेर सिफारिस गर्नुपर्ने बताएका छन । दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज पुगेका नेपाल सरकारका शहरी विकास मन्त्री दशैको शुभकामना आदान प्रदान गर्दै सो कुरा बताएका हुन । जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना दिनेक्रममा नेपालगञ्ज उपमहा नगरपालिकाको पुरैनामा एक छलफलका क्रममा मन्त्री राईले भने,राजनैतिक पुर्वाग्रहको भावना वा प्रभावमा नभएर बास्ताविकताको आधार नाम सिफारिस होस । जुनसुकै पार्टीको बिचार बोकेको मान्छे भएपनि उसको समस्या हेरेर, प्राथमिकता दिने बताँउदै गलत मान्छे सिफारिस गर्नेको गल्ती क्षम्य नहुने सम्बन्धित सबेैलाई मन्त्रीराइर्ले सचेत गराएका छन । यस्तै गरि म...
समाचार
जनताको घरघरमा मन्त्री राई

जनताको घरघरमा मन्त्री राई

प्रदेश ५, राजनीति, समाचार
सत्यमखबर नेपालगञ्ज, असोज ३१ गते । दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज पुगेका नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना दिनेक्रम जारी राखेका छन । शुभकामना आदानप्रदान को लागि मन्त्री राई संगै ५नम्बर प्रदेशका साँसद तथा कृषि बन तथा बातावरण समिति प्रदेश नं. ५ का सभापति बिजय बहादुर यादव र पार्टीको जिल्ला अध्यक्ष कमरुद्दिन राई स्थानीय नेता कार्यकर्ता पदाधिकारीहरु समेतको टोली रहेको समाजवादी विद्यार्थी फोरम नेपालको अध्यक्ष फैज हल्वाई ले बताए । यसैगरी मंगलवार मन्त्री राईले डुडुवा गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जनतासंग शुभकामना आदानप्रदान गरेका छन् । सो अवसरमा होलिया, बेतहनी, बनकट्टी र कम्दीका ८ (आठ) गाउँ भन्दा बढी स्थानमा पुगेर मन्त्री राईले जनतासंग भेट गरेर उनिहरुको पिरकर्मा बुझ्नुका साथै शुभकामना आदानप्रदान गरेको हल्वाई ले बताए । सो अव...
आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने मन्त्री राइको प्रतिवद्धता

आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने मन्त्री राइको प्रतिवद्धता

प्रदेश ५, समाचार, समाज
बाँके,३० असोज । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाएका छन । उनले समग्र बाँकेको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै २५ माघ, २०७५ मा हुने आठौँ राष्ट्रिय प्रतियोगिता तयारीका लागि रकम अभाव हुन नदिने बताएका हुन । मध्यपश्चिम क्षेत्रिय खेलुकुद विकास समितिले विजयादशमी, तिहार र छठ पर्वको अवसरमा नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रिय प्रतियोगिता तयारीका क्रममा भएका समस्याका बारेमा जानकारी गराउन सुझाव दिँदै समस्या र चुनौतिसहितको योजना बनाएर आए समस्या समाधान गर्न आफू तयार रहेको उनले बताए । उनले राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा ढिलाई हुन नदिने समेत वचन दिएका छन । तोकिएको समयमा प्रतियोगिता संचालन गर्ने वातावरण बनाउने दायित्व आफ्नो पन...
उपेन्द्र यादवको चेतावनी पछि तिहारपश्चात संविधान संशोधनको तयारी

उपेन्द्र यादवको चेतावनी पछि तिहारपश्चात संविधान संशोधनको तयारी

प्रदेश ५, राजनीति, समाचार
सत्यम खबर काठमाडौं,२९ असोज । सरकारले तिहारपछि संविधान संशोधन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालले संशोधन नभए सरकार छोड्ने र पुन आन्दोलनमा होमिने अन्तिम चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली तिहारपछि संशोधन गर्न तयार भएका हुन् । ओलीले तराई र आम नेपाली जनताको हितमा हुनेगरी संशोधन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको फोरमका नेता शिवजी यादवले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले तिहारपछि पनि संविधान संशोधन नभए बाध्य भएर सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओली तिहारलगत्तै संशोधनको प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् । यादवले भने, ‘तिहारपछि पनि प्रधानमन्त्री संविधान संशोधनको लागि यदि ठोस रुपमा अगाडि बढ्नु भएन भनेदेखि हामीले पनि बाध्य भएर सोच्नुपर्ने अवस्था आउँछ । त्यसपछि हामीले केही भनौंला ।’ नेता य...