Sunday, July 26सत्यम खबर
Shadow

समाचार

नेपालगन्जमा ‘ग्याङ् फाइट’,दुई पक्राउ

नेपालगन्जमा ‘ग्याङ् फाइट’,दुई पक्राउ

प्रदेश ५, समाचार, समाज
बाँके,२७ असोज । नेपालगन्जमा शुक्रबार राती दुई समूहबीच ‘ग्याङ् फाइट’ भएको छ । नेपालगञ्जको डिभिजन वन कार्यालय अगाडि सुर्खेतरोडमा युवाहरुको दुई समुहबिच ‘ग्याङ् फाइट’ भएको हो । दशै डान्स पार्टीमा सहभागि हुन आएका युवाहरुको समुहबिच बिच सडकमा नै खुकुरी हानाहान भएको थियो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको बिशेष प्रहरी टोलिले घटनास्थलबाट नै एक थान खुकुरी र एक थान रड सहित २ युवाहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको बाँके प्रहरीले नाम र ठेगाना खुलाएको छैन । बाँके प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सक्रियता समेत बढाएको छ । ‘ग्याङ् फाइट’पछि युवाहरु भागेका थिए । ‘ग्याङ् फाइट’ गर्नेहरु भागेपछि कसलाई कति चोटपटक लागेको भन्ने बारे केही खुल्न नसकेको बाँके प्रहरीले जनाएको छ ।...
ग्राहक झोक्याउँदै ब्यापारी,खसी देखाएर बाख्रीको मासु विक्री

ग्राहक झोक्याउँदै ब्यापारी,खसी देखाएर बाख्रीको मासु विक्री

प्रदेश ५, समाचार, समाज
बाँके ,२७ असोज । तपाई दशैंमा मासु खाँदै हुनुहुन्छ ? होशियार हुनुहोस् । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गइरहेको छ । मासु व्यवसायीले दशैंको मौका छोपेर खसी देखाउने र बाख्री बध गरी मासु बिक्री गर्दै आइरहेको खुलासा भएको छ । नेपालगन्ज उपमहानगरको नेतृत्वमा शुक्रबार दिउँसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथी खेलवाड हुने गरी खसीको मासुको सट्टा बाख्रीको मासु बेचेको भेटिएको हो । उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उमा थापामगर नेतृत्वको टोलीले मासु र मिठाई गरि एक दर्जन पसलमा अनुगमन गर्दाको क्रममा खसीको मासु भनेर वाख्राको मासु बेचेको पाइएको छ । रामलीला मैदान नजिकको मासुमण्डीको अनुगमनमा खुला रुपमै खसीको भनेर बाख्राको मासु बचेको फेला परेको हो । पसल स्वीकृतको कागज समेत नराखेका आसिम कुरेसीको पसलबाट ६ केजी बाख्राको मासु जफत ग...
राप्ती नदीमा डुबेर दुई बालिकाको मृत्यु

राप्ती नदीमा डुबेर दुई बालिकाको मृत्यु

प्रदेश ५, समाचार, समाज
बाँके(नरेैनापुर), २७ असोज । नरैनापुर गाउँपालिकाको मटेहियामा राप्ती नदीमा डुबेर शुक्रवार दुई बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बेला नदीमा नुहाउने क्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का जफर शेषकी ६ बर्षीया छोरी सरिफुन शेख र वडा नम्बर ५ कै आरिफ शेषकी ९ बर्षीया छोरी प्रमिला शेखको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ । बालिकाहरुको मृत्युको खबर सुनेर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह सहितको टोली घटनास्थल पुगेर घटना बारे जानकारी लिएको शाहले बताएका छन । घटनास्थल पुगेका शाहले घटना अत्यन्त दुःखद् भएको बताए । अध्यक्ष शाहले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति समबेदना प्रकट गरे ।...
सिके राउत रौतहटबाट पक्राउ

सिके राउत रौतहटबाट पक्राउ

राजनीति, समाचार
सत्यम खबर रौतहट, २१ असोज । स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउत रौतहटको गौरबाट आइतबार पक्राउ परेका छन्।रौतहटमा प्रहरीले राउतलाई दिउँसो जिल्ला अदालतबाट फर्कदै गर्दा पक्राउ गरेको हो । राउत दिउँसो आफ्ना समर्थकका साथ एकसय भन्दा बढी मोटरसाइकल र्याली लिएर अदालतमा पुगेका थिए। उनी पुरानो मुद्दाको शिलशिलामा रौतहट जिल्ला अदालतमा हाजिर हुन पुगेका हुन्। यसअघि पनि सिके राउत विभिन्न जिल्लामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए । रौतहटमा प्रहरी प्रमुख एसपी केदार ढकालले राउतलाई पक्राउ गरी हिरासतमा राखेको जानकारी दिए।एसपी ढकालले भने, ‘डा. सिके राउतलाई राज्यविरुद्धको कसुर अन्र्तगत पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ।’ प्रहरीले राज्यविरुद्धको कसुर अन्र्तगत दफा ४९ को उपदफा ४ बमोजिम पक्राउ गरेको जनाएको छ। उक्त दफामा सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता उपर खलल गर्न नहुने उल्लेख छ । सिके राउतलाई पक...
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके, २० असोज । बाँकेको नरैनापुर गाउँपालिकामा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० स्थानीय लाभान्वित भएका छन् । सरयु मिडिया नेपालगञ्जको आयोजना एवम् नरैनापुर गाउँपालिकाको समन्वयमा शनिवार गरिएको स्वास्थ्य शिविरमा सबैभन्दा बढीले आँखा जाँच गराएका थिए । त्यस्तै छाला, पेट, छातीको समस्या भएका विरामी पनि धेरै आएको नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डा.सुभाष योगीले जानकारी दिए । केही जटिल प्रकृतिका विरामीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । फिजिसियन डा. योगी सहित फत्तेबाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर आँखा रोग विशेषज्ञ डा.देवराज भारती लगायतको चिकित्सक टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । विशेषज्ञ डाक्टरको उपस्थितिमा स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक...
बाँकेको सडक दुर्घटनामा मृतक र घाईते सबैको सनाखत

बाँकेको सडक दुर्घटनामा मृतक र घाईते सबैको सनाखत

प्रदेश ५, समाचार, समाज
सत्यम खबर बाँके,२० असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मुगु खोला नजिकै शनिवार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने सबै जनाको सनाखत भएको छ । दाङबाट नेपालगञ्ज आईरहेको रा १ ज १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु भएको हो भने १७ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्गमा बिहान ९ बजे भएको दुर्घटनामा हायसमा सवार २३ जनामध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । घटनामा पश्चिम दाङकी ३० वर्षीया तुल्सी रावत, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने २८ बर्षीया बसन्ती चौधरी, सोही ठाँउ बस्ने ५० बर्षीया नारायणी श्रीष, तुलसीपुर ६ का हायस चालक ३८ बर्षीय सुवन च...
ट्रक र माइक्रोबस ठोक्किदा ६ जनाको मृत्यु, १७ घाइते

ट्रक र माइक्रोबस ठोक्किदा ६ जनाको मृत्यु, १७ घाइते

प्रदेश ५, समाचार, समाज
बाँके,२० असोज । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किँदा माइक्रो बसका चालकसहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । दाङबाट नेपालगन्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगन्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक आज बिहान करिब सवा ९ बजेतिर राप्तीसोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने मृतकहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक रमेशबहादुर सिंहले जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...
प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

यता पनि, समाचार
काठमाडौं । नेपाल प्रहरीले सात हजार २५६ रिक्त पदमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदमा गत सोमबार नै भर्ना आह्वान गरेको हो । जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५२४ जना माग गरिएको छ । प्रहरी जवान पदमा ६ हजार २४४ जनाका लागि आवेदन आह्वान गरिएको छ । प्रहरीले खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ । यो विधामा ३० जनाको दरबन्दी आह्वान गरिएको छ । भर्ना हुन चाहनेले असोज १८ देखि २९ गतेसम्म फारम बझाउन सक्ने छन् । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी क...
क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

प्रदेश ५, समाचार, समाज
बाँके,१७ असोज । जिल्ला समन्वय समिति बाँकेको समन्वय अधिकारीको अध्यक्षता मा रहेका कार्यालय प्रमुख हरुको समितिले बाँकेबाट क्षेत्रिय सरकारी कार्यालय जिल्लामै यथावत रहने गरि बिभिन्न निर्णयहरु गरी सम्बन्धित मन्त्रालयमा पठाएको छ । केही दिन देखि बाँके बाट क्षेत्रियसरकारी कार्यालय सार्ने चलखेल भईरहेकोमा सो कुरालाई नियन्त्रण गर्न मँगलवार जिल्ला समन्वय समिति बाँकेमा बैठक बसेर त्यस्तो निर्णय भएको हो । प्रदेश सभा साँसद बिजय बहादुर यादवको आतिथ्यमा भएको बैठकमा नेपालगञ्ज बाट सार्न लागिएको ५ वटा कार्यालयको लागि नेपालगञ्जमै भवन उपलब्ध गराउने निर्णय भएको समितिले जनाएको छ । मँगलवार भएको निर्णय अनुसार भेरी यातायात ब्यवस्था कार्यालय लाई जिल्ला शिक्षा कार्यालयको नया भवनमा, निर्वाचन कार्यालय लाई महिला बालबालिका कार्यालयमा तथा तथ्याँक कार्यालय लाई सहकारी डिबिजन तथा प्रशिक्षण कार्यालयमा स्थान्तरण गर्न सम्बन्धित म...
बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

प्रदेश ५, राजनीति, समाचार
बाँके,१४ असोज । देशमा बढ्दो बलात्कार र हत्या हिंसा नियन्त्रणका लागि दवाव दिन संघीय समाजवादी महिला फोरम बाँकेले आईतवार बाँके प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बलात्कार र हत्या हिंसा नियन्त्रणमा सरकार उदासिन भएको भन्दै संघीय समाजवादी फोरमको भगिनी संगठन संघीय समाजवादी महिला फोरम बाँकेले चिन्ता र चासो व्यक्त गरेको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका घटनामा बढोत्तरी हुँदा कसैले पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेको ठहर गर्दै ज्ञापनपत्र बुझाएको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका सन्दर्भमा बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको जनाएकोछ । महिला फोरमकी अध्यक्ष उषा गौतम नेतृत्वको टोलीले आईतबार प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुददीन राईले बताए । ज्ञापनपत्र बुझाउन...