Wednesday, July 29सत्यम खबर
Shadow

समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि

आर्थिक, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १ भाद्र– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आईतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । ती पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ । भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ ।हाल मूल्य समायोजन पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ २७ पैसाले नेपालतर्फ सस्तो रहेको निगमको दावी छ ।...
अपडेटः २० जना संक्रमित थपिए

अपडेटः २० जना संक्रमित थपिए

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– जिल्लामा आईतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणबाट बाँकेका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा बिगत २४ घण्टामा १ सय ४६ स्याम्पलको परीक्षणमा यो संख्यामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार कोहलपुरबाट संकलन गरिएको ७२ जनाको स्याम्पस मध्ये केहीको परिक्षण गरिएको र केहीको नगरिएको हुँदा सबैको परिक्षण भयो भन्न नमिल्ने अवस्था रहेको बताउनुभयो । त्यसैगरी जानकीमा ९२ स्याम्पल परीक्षण मध्ये १८ जनाको पोजेटिभ देखिएको छ भने खजुराबाट ५४ स्याम्पल परीक्षण मध्ये १ जनामा पोजेटिभ देखिएको छ भने कोहलपुरबाट १ जना गरी जम्मा २० जनाको परीक्षण पोजेटिभ देखिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।यसबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समेत...
जानकीमा भाद्र ५ सम्म लकडाउन

जानकीमा भाद्र ५ सम्म लकडाउन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– जानकी गाउँपालिका पाँच दिनका लागि लकडाउन हुने भएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले आज (आईतबार) रातीदेखि सम्पूर्ण सेवाहरु बन्द गर्न लागेको छ । साउन ३२ गते आईतबार रातीदेखि भाद्र ५ गतेराती १२ बजेसम्म सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी गराउनुभयो ।गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अतिआवश्यक सेवा बाहेक गाउँपालिका कार्यालय, गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघ संस्था, होटल ब्यवसाय, शैक्षिक संस्था, विद्यालय, हाटबजार लगायत सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।...
‘जनप्रतिनिधिहरुको लापरवाही र गैरजिम्मेवारीपनाले बाटो निर्माण नहुने आरोप’

‘जनप्रतिनिधिहरुको लापरवाही र गैरजिम्मेवारीपनाले बाटो निर्माण नहुने आरोप’

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण – नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणको नाममा विवादित बन्दै गएको फुल्टेक्रा चौक (शिवमन्दिर) मा जनप्रतिनिधिहरुको लापरवाही र गैरजिम्मेवारीपनाले गर्दा समयमा बाटो निर्माण नहुने स्थानीयबासीहरुको आरोप रहेको छ । कुरुप देखिएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको फुल्टेक्रा चौक (शिवमन्दिर) तस्वीर : सत्यमखबर यस विषयका सन्दर्भमा केही दिन अगाडी उपमहानगर प्रमुख डा. धवलशम्शेर राणालाई फोन गर्दा काठमाण्डौमा छु भनेर भन्नुभयो तर आईतबार फोन गर्दा हाल यस विषयमा मिटि· हुन बाँकी रहेको हुँदा केही भन्न नमिल्ने बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ वडा कार्यालयबाट उपमहानगरपालिकालाई सेवा बन्द गराईदिने सम्बन्धमा गरिएको सिफारिस यस विषयमा उहाँ कै भनाई अनुसार कस्तो विरोधाभाष रहेको छ भन्ने तर्क आफै प्रष्ट छ । वर्षौ बितिसक्दा सम्म मिटि· नगर्नु, श्रावण १८ गते वडामार्फ...
गणपति डेन्टल क्लिनिकद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य तथा जलपान सामाग्री प्रदान

गणपति डेन्टल क्लिनिकद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य तथा जलपान सामाग्री प्रदान

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– गणपति डेन्टल क्लिनिक नेपालगन्जले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ । अनलाईन खोजखवर मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको हो । जमुनाह नाकादेखि धम्बोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन–डी, विस्कुट र खाने पानी वितरण गरिएको क्लिनिक सञ्चालक समेत रहेका डा. प्रतिक श्रेष्ठले जानकारी गराउनुभयो । कोरोन भाइरस महामारीका बीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उहाँको भनाइ रहेकोछ । करिव ५० जनालाई सामाग्री वितरण गरिएको जानकारी दिंदै उहाँले त्यसमा केही पत्रकारह...
सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने

सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने

आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । फाइल तस्बिरः विष्णु क्षेत्रीको फेसबुकबाट यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।ज्यान गुमाएकाक...
संक्रमितहरुको अवस्था बारे जानकारी लिंदै प्रमुख डा. राणा

संक्रमितहरुको अवस्था बारे जानकारी लिंदै प्रमुख डा. राणा

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले आईसुलेसन अस्पताल र क्वारेन्टाईन सेन्टरमा बसेका कोरोना संक्रमितहरुको अवस्था बारे शनिबार जानकारी लिनु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्था बारे आफै जानकारी लिनुभएको छ ।खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईसुलेसन, नेपालगन्ज आर्दशनगरमा रहेको क्वारेन्टाईन सेन्टर, सिटी प्यालेस र गनापुरको खुला कारागार लगायत स्थानमा पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापन बारे जानकारी लिनुभएको टोलीमा सहभागी स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । मेयर राणाले आईसुलेसनको व्यवस्थापनमा ध्यान दिन, स्वास्थ्य उपचारमा ख्याल गर्न व्यवस्थापनमा खटिएका...
अपडेटः शनिबार १० जना संक्रमित थपिए

अपडेटः शनिबार १० जना संक्रमित थपिए

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– जिल्लामा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणबाट बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 5अस्पतालमा बिगत २४ घण्टामा ४ सय ७० स्याम्पलको परीक्षणमा यो संख्यामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।...
आईतबारदेखि कोहलपुरमा पुनःलकडाउन

आईतबारदेखि कोहलपुरमा पुनःलकडाउन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका आईतवारदेखि भाद्र ५ गतेसम्म पूर्ण लकडाउनको घोषणा गरिएको छ । शनिवार कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायल देखि बैंक तथा वित्तीय संस्था, कलकारखाना, व्यापार, व्यवसाय, तरकारी, हटबजार लगायतलाई पूर्ण बन्द गर्ने निर्णय गरेको छ । अधिकार सम्पन्न स्थानीय निकाय कोहलपुर नगरपािलकाले सवारी साधन चलाउन पाउने वा नपाउने बारे कुनै निर्णय गरेको छैन ।स्थानीय जानकारका अनुसार सवारी साधन र तरकारी पसललाई समेत पुर्ण रुपमा भाद्र ५ गतेसम्म बन्द गरिएन भने लकडाउनको कुनै अर्थ नहुने बताउँछन् ।यो अवधीमा समुदाय स्तरमा पिसिआर जाँच तिब्र गतिमा नगरपालिकाले गर्नुपर्ने कोहलपुरबासीको माग रहेको छ ।...
‘आत्मनिर्भरतातर्फ अग्रसर भारत’ प्रधानमन्त्री मोदी

‘आत्मनिर्भरतातर्फ अग्रसर भारत’ प्रधानमन्त्री मोदी

विदेश, समाचार
नेपालगन्ज, ३१ श्रावण– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले, भारतमा कोरोना भाइरसविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा रहेको बताउनुभएको छ । ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लालकिलाबाट सम्बोधन गर्दै उहाँले तीन वटा खोप परीक्षणको चरणमा रहेको र स्वीकृति पाएपछि व्यापक परिमाणमा उत्पादन गर्ने बताउनुभएको हो । भारतीय मिडियाहरुका अनुसार करीब ३ करोडको हाराहारीमा खोप उत्पादन गरिने तयार भइरहेको जनाइएको छ । शनिबार बिहान दिल्लीको लालकिलाबाट भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै कोरोनालाई लिएर धेरै मानिसमा चिन्ता बढेको र खोप कहिले बन्छ भन्ने जिज्ञासा भएको भन्दै उहाँले भारतले तीन वटा खोप परीक्षण गरिरहेको बताउनु भएको थियो ।भारतीय प्रधानमन्त्री मोदीले विगत वर्षमा भारत सरकारद्वारा गरिएको कार्यहरुको जानकारी गराउनुका साथै भारतले अब रक्षा उत्पादनमा आत्मनिर्भरता तर्फ पूर्णरुपमा अग्रसर भई जुटेको बता...