Thursday, September 25सत्यम खबर
Shadow

आईतबारदेखि कोहलपुरमा पुनःलकडाउन

नेपालगन्ज, ३१ श्रावण– कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका आईतवारदेखि भाद्र ५ गतेसम्म पूर्ण लकडाउनको घोषणा गरिएको छ ।


शनिवार कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायल देखि बैंक तथा वित्तीय संस्था, कलकारखाना, व्यापार, व्यवसाय, तरकारी, हटबजार लगायतलाई पूर्ण बन्द गर्ने निर्णय गरेको छ । अधिकार सम्पन्न स्थानीय निकाय कोहलपुर नगरपािलकाले सवारी साधन चलाउन पाउने वा नपाउने बारे कुनै निर्णय गरेको छैन ।
स्थानीय जानकारका अनुसार सवारी साधन र तरकारी पसललाई समेत पुर्ण रुपमा भाद्र ५ गतेसम्म बन्द गरिएन भने लकडाउनको कुनै अर्थ नहुने बताउँछन् ।
यो अवधीमा समुदाय स्तरमा पिसिआर जाँच तिब्र गतिमा नगरपालिकाले गर्नुपर्ने कोहलपुरबासीको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *