जानकी गाउँपालिकाको बजेट पारित
जानकी, असार ३० – जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट पारित भएको छ । गत असार १० गते उपाध्यक्ष भूमिसरा धितालले बजेट अधिवेशन तथा आठौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज मङ्गलबार बसेको सभाले पारित गरेको हो । गाउँपालिका अध्यक्ष अस्वस्थ भएका कारण उपाध्यक्ष धितालको सभाध्यक्षमा बसेको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले निर्णायर्थ पेश गर्नुभएको बजेट सर्वसहमतिले पास भएको थियो । गाउँसभामा बजेटको वारेमा वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं.३ का अध्यक्ष बिन्देश्वरी बर्मा, वडा नं.४ का अध्यक्ष बिश्रामकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, वडा नं. ६ का अध्यक्ष सुरेश यादव, कार्यपालिका सदस्य धर्मा थापा, राजकुमार धोबी र टीकाराम सुनारले भाग लिँदै सुझाव दिनुभएको थियो । गाउँसभामा सभासद्ले राखेको जिज्ञासा गाउँपालिका कार्यवाहक अध्यक्ष धिताल र प्रमुख प्रशासकीय अधिकृत खत्...









