Monday, February 9सत्यम खबर
Shadow

लघुवित्त वित्तीयद्वारा पुर्णिमा राना मगरलाई बिमा क्षतिपुर्ति रकम भुक्तानी

खजुरा, २६ माघ – लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुरा शाखाले बिमा क्षतिपुर्ति रकम भुक्तानी गरेकाे छ ।

आज एक कार्यक्रमकाे आयाेजना गरी नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त स्वाभिमान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुरा बाँकेद्वारा उक्त रकम मृतकको बुहारी पुर्णिमा राना मगरलाई हस्तान्तरण गरिए काे शाखाले जनाएकाे छ।

लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुराशाखाले दिएकाे जानकारी अनुसार “गठीत केन्द्र नं.५४, सिर्जनशिल स्वाभिमानी महिला समुहकी ग्राहक सदस्य माया देवी राना मगर र निजको श्रीमान धनबहादुर राना मगरको असामयिक निधन भएपछि उक्त बिमा रकम उनकी बुहारी पुर्णिमा राना मगरलाई हस्तान्तरण गरिएकाे बताए ।”

शााखाले हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै दिवंगत आत्माको चिरशान्तीको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्तीको लागि कामना गरेकाे छ ।

 

शाखाद्वारा जारी नाेटमा “उहाँले गाई पालन व्यवसाय संचालनको लागि लिएको कर्जा रकम रु.१५०,०००। को विमा क्षती पूर्ति बापत को कुल रकम रु.३९०,०००|अक्षेरुपी तिन लाख नव्वे हजार रुपैया मात्र भुक्तानी गरिएकाे जनाएकाे छ ।

आयाेजिक शाेकसभा तथा बिमा रकम वितरण कार्यक्रममा खजुरा गा.पा. वडा नं.२ का वडा अध्यक्ष धनीराम वली, शाखा कार्यालय खजुराका शाखा प्रमुख सिरमा यादव, कर्मचारी खिमलाल वि.क., सरिता कार्की, विनीता चौधरी तथा केन्द्रका सदस्यहरुको सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *