Wednesday, February 18सत्यम खबर
Shadow

जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र !

जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र
नेपालगन्ज, ६ फागुन – बाँके जिल्ला जानकी गाउँपालिकामा रहेको गौशालामा आर्थिकदेखि जमिनसम्ममा ठूलो चलखेल हुने सम्भावना रहेको स्थानियहरुको आरोप रहेको छ ।

जानकी गाउँपालिका वडा नं. ४ मा रहेको गौशाला भित्र कार्यरत कर्मचारीहरुले समेत ७ महिना बितिसक्दा तलब नपाएको गुनासो गरेका छन् ।

कोराना अगाडी त्यहाँका सामाजिक अभियन्तहरुले बाटोमा रहेका गाई–गोरुलाई संरक्षण र व्यवस्थापन गर्नुपर्ने मनसायका साथ खुल्ला चौपाया संरक्षण तथा व्यवस्थापन संस्था गठन गरी जानकी गाउ“पालिका वडा नं. ४, खजुरा खुर्दमा रहेको सरकारी जमिनमा गौशाला बनाएर आर्थिक संकल्न गरी सञ्चालन ल्याएका थिए ।

त्यसबेला संस्थामा रहेको पदाधिकारीहरुको मनसाय निहित गौसेवा मात्र देखिएको भएपनि पछि गौशाला भएको जमिनमा आँखा गएको रहेछ । त्यहाँ रहेका स्थानियहरुले समेत सामाजिक दायित्वका कार्यमा उक्त जग्गालाई प्रयोग गर्न हामीलाई दिनु भनेका रहेछन् । तर वडा नं. ४ का वडाअध्यक्ष रमेशकुमार बर्माको समेत संलग्ना देखिने गएको पाईन्छ ।

स्थानिय सरकारको दायित्व र जिम्मेवारी अनुसार त्यस क्षेत्रमा हुने गतिविधिलाई व्यवस्थापन गर्नु वडाअध्यक्षको जिम्मेवारी हुन जान्छ तर आफ्नो जिम्मेवारीबाट पञ्छिदैन वडाअध्यक्ष बर्माले गौशालामा भएको गाई–गोरुलाई खुला छोडेर त्यस ठाउँमा बस्ती बसाउने योजना रहेको स्रोतको दाबी रहेको छ ।

यसबारे वडा अध्यक्ष बर्माले भने– ‘मैले सम्बन्धित पक्षलाई गाई–गोरु छोडिदिनुस भनिसकेको छु । थप व्यवस्थापनको लागि पटक पटक पालिका अध्यक्ष छब्बन खानलाई जानकारी गराई सकेको बताउनुभयो ।’
उनले– ‘गौसेवामा कार्यरत कर्मचारीको ७ महिना तलब बारे पालिकामा कुरा उठाईसकेको हुँदा अब छिट्टै तलबको व्यवस्थापन हुने पालिका अध्यक्षले बताईसकेको हुँदा गाईको चारामा आफ्नो पाकेटबाट व्यवस्थापन गर्न नसकिने, गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका छन् ।

स्रोतले दिएको जानकारी अनुसार गौशालामा करीब ४० बढी गाई–गोरुहरु रहेका थिए । तर अहिले २२–२३ वटा मात्र रहेको, बाँकी गाई–गोरु चारा नपाएर मारेको आरोप लगाएका छन् भने अर्को पक्षले चाराको आभाव भएपनि केही जनावर बिरामी भएको एवम् उपचाररत हुँदैको अवस्थामा मृत्यु हुन गएको बताउँछन् ।

स्थानिय स्रोतको अनुसार यो सब खेल गौशालामा रहेको गाई संरक्षण प्रति नभई उक्त जग्गाको रहेको छ । जहाँ बस्ती बसाउने खेल चलिरहेको आरोप लगाउँछन् । त्यसमा पालिका अध्यक्षदेखि वडा अध्यक्ष सम्मको मौन संलग्नता रहेको देखिन्छ । किनभने पालिकाले यस अगावैदेखि वार्षिक ४ लाख बजेट छुट्टाउने गरेको तथा विगतमा उक्त रकम बुझेको पदाधिकारीहरुले हरहिसाब गमन गरी फरार रहेको हुँदा पालिका कै टाउको दुखाई हुन गएको हुँदा त्यस गौशालामा रहेका गाईगोरु खुला छोडी सो जग्गामा बस्ती बसाउन सक्ने मनसाय अगाडी सारेको आरोप लगाएका छन् ।

यसअगावै खुल्ला चौपाया संरक्षण तथा व्यवस्थापन संस्थाका अध्यक्ष नारायणप्रसाद गिरीले २०८२÷९÷२७ मा ‘अधिकार प्रत्योजन दिईएको सम्बन्धमा’ संस्थाका उपाध्यक्ष एवं जानकी गा.पा. वडा नं. ४ का वडाअध्यक्ष रमेशकुमार बर्मालाई पत्र पठाईसकेको स्रोतको दाबी रहेको भएपनि वडाअध्यक्ष बर्माले यसबारे आफूलाई कुनै जानकारी नै नभएको बताउँछन् ।

थप जानकारीको लागि पालिका उपाध्यक्ष रामप्यारी यादवले– हामीले गाई–गोरु संरक्षणको लागि पालिकामार्फत ४ लाख बजेट बिनियोजित गर्ने गरेको तर संस्थाका व्यक्ति अगाडी नआएपछि पैसा दिन मिल्दैन । संस्थाले आधिकारिक व्यक्तिलाई पठाए तत्काल पैसा उपलब्ध गराउने बताउनुभयो ।

जानकी गाउँपालिका अध्यक्ष छब्बन खानले– पालिकाबाट गाई–गोरुको लागि तत्काल परालको व्यवस्थापन गरिने बताउँदैन । छिट्टै बोर्ड बैठक बसी कार्यरत कर्मचारीको तलब, काटिएको बिजुली लगायतको व्यवस्थापन गरिने बताउनुभयो ।

हाल जानकी वडा नं. ४ मा रहेको गौशालामा गाई–गोरु संरक्षण भईरहेको छ वा जनावर खुल्ला छोडी जग्गामा बस्ती बताउने खेल यो बुझ्न सहज भएको स्रोतको दाबी छ । पालिका जनप्रतिनिधि, वडा जनप्रतिनिधि तथा गौशाला संरक्षण संस्थाले देखाईरहेको गतिविधिले गर्दा सब पैसाको खेल जस्तै बुझिन्छ । संस्थाका पदाधिकारीद्वारा पालिकामार्फत ल्याईएको हरहिसाब फरचोट नहुनु, कर्मचारीले ७ महिनादेखि तलब नपाउनु र उक्त जग्गामा बस्ती बसाउनु जस्तो गतिविधिले प्रष्ट पारेको आरोप लगाएका छन् ।
यसबारे हिन्दू धार्मिक आस्थावानहरुले गाई हाम्रो धरोहर हुन उनलाई संरक्षण गर्नु हार्दिक कर्तब्य हो । पालिकाले यसको व्यवस्थापनको दायित्व बहन गर्नुपर्ने मांग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *