
नेपालगन्ज, २९ माघ – नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको आयोजनामा आज आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं.२२ स्थित नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२२ र २१ वडा कार्यालयको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका उपसचिव मीरा अधिकारीद्वारा सञ्चालित नेरेसो पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माको अध्यक्षतमा, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव तथा कार्यक्रमका प्रमुख आतिथि नमस्कार शाह पानसमा दीप प्रज्वलित गरी ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा नाइस नेपालका अध्यक्ष हेमराज भट्टले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । यसरी कार्यक्रमका प्रमुख आतिथि नमस्कार शाह, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी सदस्य खगेश्वरी रावत प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मी लगायतले आ–आफना बिचार ब्यक्त गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा युवा घरका अध्यक्ष मनबहादुर भण्डारी, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनका संरक्षक प्रदिप शाह, युवा गैसस महासंघका अध्यक्ष माधव कार्की, नेरेसो पुरैनी उपशाखाकी सदस्य सुमित्रा मल्ल,नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा लगायतको सहभागिता रहेको थियो ।
रक्तदान गर्नेहरुमा इमरान खान, बिशाल गोडिया, निशाल अली हलवाई, पवन जायसवाल, सुधान्शु पासवान, मनोज गोडिया, दिनेश चौधरी, सचिन साहानी, हेमराज भट्ट, शंकर बस्याल, सुदामा यादव, रबिस वर्मा, अर्जुन गुरुङ्ग, केशव अर्याल र ओमप्रकाश चौहान सहित १५ जनाले रक्तदान गरेका छन् ।

यसरी आयोजित रक्तदान कार्यक्रममा पुरैनी उपशाखाका आजीवन सदस्य, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता नेपालगन्ज–१९ निवासी सञ्चारकर्मी पवन जायसवालले १ सय ७ पटक रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण–पत्र सहित टी सर्ट बितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुलाई नेरेसो पुरैनी उपशाखाकी सदस्य सुमित्रा मल्लले अबीर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि.पुरैनी, बास नेपाल, नाईस नेपाल, युवा घर, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन बाँके, युवा गैसस महासंघ, सन्त निंकारी मण्डल बाँके, दिदी बहिनी समाज बाँके, कोपिला महिला कृषि सहकारी संस्था लि.पुरैनी लगायत संघ संस्थाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, सुनिता कुमाई, रुपेश थारु लोकश थारु, ओमप्रकाश गोडिया र बीरेन्द्र योगी प्राविधिकमा सहयोग गरेका थिए भने अन्यमा रमिता शाह, राष्टी बुढामगर र मिना घर्तीमगर लगायतले सहयोग गरेका थिए नेपाल रेडक्रस सोसाइटी पुरैनी उप(शाखाका सभापति शिवकुमार वर्माले जानकारी गराएका छन् ।
