Thursday, February 12सत्यम खबर
Shadow

ग्रामीण पत्रकार संघमा कुँवर दिवाकर सिंह चौथो पटक अध्यक्ष पदमा पुनः चयन

रुपैडिहा, २९ माघ – ग्रामीण पत्रकार संघको राज्य स्तरको उच्चस्तरीय बैठकबाट दैनिक समाचार र समाचार भारत टिभीका बहराइच ब्यूरो प्रमुख कुँवर दिवाकर सिंहलाई चौथो पटक जिल्ला अध्यक्षको रूपमा चयन गरेको छ ।

सीमावर्ती पत्रकार संघ, रुपईडिहाका संरक्षक वरिष्ठ पत्रकार शेर सिंह कशौधनले दिएको जानकारी अनुसार विभिन्न समाचार च्यानलहरूमा आवद्ध विगत दुई दशकदेखि चुनौतीपूर्ण समाचार कभरेजमा आफ्नो पहिचान बनाएका सिंहलाई ग्रामीण पत्रकार संघ उत्तर प्रदेश राज्य स्तरीय संगठनले सिंहलाई पुनः चयन गरेको हो ।

नव चयनित अध्यक्ष सिंहले जिल्ला, तहसील र ब्लक कार्यालयहरूमा नवनियुक्त पदाधिकारीहरूको घोषणा चाँडै गरिने जानकारी दिएका छन् । नव चयनित नेतृत्वको कमिटीले बहराइच जिल्लाका पत्रकारहरूको अधिकार र सुविधाको लागि आवाज उठाउन पहल गर्ने जनाएको छ ।

संघमा पत्रकार सदस्यहरू वरिष्ठ टिभी पत्रकार संघका जिल्ला महासचिव अजय शर्मा, एफएम टिभी पत्रकार संघका जिल्ला महासचिव मोहित सोनी, मान्यता प्राप्त पत्रकार संघका कोषाध्यक्ष हनुमान गुप्ता, वरिष्ठ पत्रकार तथा जी न्यूज संवाददाता राजीव शर्मा, सीमावर्ती पत्रकार संघ, रुपईडिहाका संरक्षक वरिष्ठ पत्रकार शेर सिंह कशौधन लगायतले कुँवर दिवाकर सिंहलाई चौथो पटक ग्रामीण पत्रकार संघको जिल्ला अध्यक्षमा नियुक्त गरेकोमा खुशी व्यक्त गरेका छन् र संगठन प्रभारी तथा उत्तर प्रदेशका प्रदेश अध्यक्ष प्रति पनि आभार व्यक्त गरेका छन् ।

बहराइच जिल्लामा ग्रामीण पत्रकार संघको निकट भविष्यमा नयाँ कार्यकारी समिति गठन गर्न प्रदेश कमिटीले निर्देशन दिएको छ । साथै राज्य नेतृत्वको निर्देशनपछि ग्रामीण पत्रकार संघले आफ्नो नयाँ रणनीति बनाउन चाँडै बैठक बस्ने भएको छ । बैठकले तहसील र ब्लकहरूमा कार्यकारी समितिहरू गठन गर्ने ढाँचालाई अन्तिम रूप दिइनेछ ।

स्थानीय र राष्ट्रिय स्तरमा मेहनती र निडर युवा पत्रकारहरूलाई सम्मान गरिने नव चयनित अध्यक्ष सिंहले बताएका छन् । संघले चाँडै आफ्नो अडान स्पष्ट पार्नेछ र पत्रकारहरूको हितमा योजनावद्ध रुपमा काम कारबाही अगाडी बढाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *