
नेपालगन्ज, २७ बैशाख – नेपालगन्जमा बिश्व रेडक्रस दिवस ८ मई बुधबारको दिन विभिन्न कार्यक्रम गरी मनाएइको छ ।
“मानवतालाई जीवित राखौं” मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले विभिन्न कार्यक्रमको आयोजना गरी नेपालगन्जको बिशाल चौक स्थित सेन्ट जेभिर्यस स्कूलमा बिद्यार्थीहरुको रक्त समूह पहिचान गरी रेडक्रस दिवस मनाइयो । नेपाल रेडक्रस सोसाइटी बेलासपुर उपशाखाका सभापति बीेरेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले दीप प्रज्वलित गरी र जा हेनरी डियूनाको तस्बीरमा माला लगाई कार्यक्रमको शुरुआत गर्नुभएको थियो ।

उहाँले रेडक्रसको काम कर्तव्य, हाँगाहरुको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा उपसभापति सुरेन्द्रनाथ सापकोटा, उपमन्त्री तेजबहादुर सुवेदी लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सेन्ट जेभिर्यस स्कूल २ सय भन्दा बढी बिद्यार्थी, शिक्षक, शिक्षिकाहरुको उपस्थित रहेको थियो । कार्यक्रममा १ सय ५० जनाको रक्त समूहको पहिचान गरिएको थियो । जस मध्ये ३ जनाको आर. एच. निगेटिभ रक्त समूहको पहिचान गरिएको थियो ।

सेन्ट जेभिर्यस स्कूलकी शिक्षिका कल्पना मेडमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । रक्त समूहको पहिचानमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका होमराज गिरी, सोम प्रकाश सापकोटा, महेश रानाक्षेत्रीले प्राविधिकमा सहयोग गर्नुभएको थियो । यसरी उपशाखाहरुले पनि विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

