Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्यो

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्यो

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३२ जेठ – पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ।चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो। दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरेर भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए। बसमा सवार ३५ जना यात्रुमध्ये अन्य सकुशल रहेको उनले बताए।बस सडकबाट करिब ५० मिटर तल नदीमा पुगेको थियो। कारमा चालकसहित ५ जना थिए। कारका चालकमात्रै घाइते भएको उनले बताए। सेतोपाटी...
भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित

भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ। बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो। १११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा छ बलमा तीन रन र विराट कोहली शुन्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गरे। अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए। उनले ४९ बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन्। दुवेले ३५ बलको सामना गर्दै एकएक चौका र छक्काको मदद्तमा नटआउट ३१ रन बनाए। ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए। अमेरिकाका लागि सौरभ नेत्रावलकरले दुई विकेट हात पारे भने अली खानले एक विकेट लिए। यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस...
चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी

चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – चीनले ताइवानमाथि आक्रमण गरे विश्व अर्थतन्त्रमै नकारात्मक असर पर्ने देखिएको छ । ब्लुम्बर्गका अनुसार चीनले ताइवानमाथि आक्रमण गरे त्यसबाट उत्पन्न हुने व्यापार अवरोधबाट विश्वको कल ग्राहस्थ उत्पादनमा १० ट्रिलियन डलर अर्थात् १० प्रतिशतसम्म कमी आउने आँकलन गरिएको छ । ताइवान र चीनबीचको समुद्री मार्ग भएर विश्व पारवहनको ५० प्रतिशत पानीजहाजको आवत जावत हुन्छ । चीन र ताइवानबीच युद्ध भएमा यसले विश्व अर्थतन्त्रमा कोरोना महामारीको समयभन्दा भयानक अवस्था सिर्जना गर्ने हिन्द प्रशान्त मामिलाका लागि अमेरिकी सहायक रक्षामन्त्री एली राट्नर बताउँछन् । ताइवान र चीनबीच हुने सम्भावित युद्धबाट हुने असरलाई लिएर विभिन्न मुलुकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । चीन र ताइवानबीच हुने युद्धबाट हाल जारी रुस युक्रेन युद्ध वा इजरायल हमास युद्धभन्दा अझ बढी घातक र विश्व अर्थ व्यवस्थाका लागि हानीक...
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण प्रारम्भ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण प्रारम्भ

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कञ्चनपुर, ३१ जेठ – भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए । ‘वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ‘, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो गुरुयोजनाभन्दा आकारमा सानो तर पर्याप्त हुने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भारतले बनाएको रहेछ ।’ उनले आकारमा पहिलेभन...
मोदी ३.० क्याबिनेटको पहिलो निर्णयः ३ करोड गरिब घरपरिवारका लागि नयाँ घर बनाउने

मोदी ३.० क्याबिनेटको पहिलो निर्णयः ३ करोड गरिब घरपरिवारका लागि नयाँ घर बनाउने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्को पहिलो बैठकले ३ करोड गरिब परिवारका लागि नयाँ घर बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्राप्त विवरण अनुसार ती घर गाउँ र सहरमा बनाइने छ। घरमा शौचालय, बिजुली, पानी र ग्यास जडान हुनेछ। मोदीले आफ्नो पहिलो कार्यकालका बेला सन् २०१५र१६ मा सुरु गरेको यो योजनाअन्तर्गत १० वर्षमा ४ करोड २१ लाख घर निर्माण भइसकेका छन्। मोदीले सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका थिए। साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका थिए। मोदी मन्त्रिपरिषद्को कूल सदस्य संख्या...
भारतीय सेना प्रमुख बन्दै उपेन्द्र द्विवेदी

भारतीय सेना प्रमुख बन्दै उपेन्द्र द्विवेदी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – भारतीय सेनाले नयाँ सेना प्रमुख पाउने भएको छ। भारतीय सेनाका उपप्रमुख रहेका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेना प्रमुखमा नियुक्त गर्न लागेको हो। उनी आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने छन्। वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् । गत महिना भारत सरकारले जनरल पाण्डेको पदावधि एक महिना बढाएको थियो । मे ३१ मा अवकाश पाउँदै गरेका पाण्डेको कार्यकाल १ महिना ६ दिन बढाइएको थियो । भारतीय रक्षा मन्त्रालयका अनुसार सन् १९६४ मा जन्मिएका उपेन्द्र द्विवेदी सन् १९८४ मा सैनिक सेवा प्रवेश गरेका थिए। उनले सुरुमा भारतीय सेनाको इन्फ्यान्ट्री जम्मू एन्ड कश्मीर राइफल्समा सेवा गरेका थिए। नेपाल पाना...
१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स, साढे १२ महिनालाई धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स, साढे १२ महिनालाई धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २८ जेठ – चालु आर्थिक वर्ष (आव) को १० महिना अर्थात् वैशाख मसान्तसम्म झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकको प्रतिवेदनअनुसार नेपालमा साढे १२ महिनालाई वस्तु तथा सेवा धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चिति भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६....
भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ जेठ – छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन् । सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए । “लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रम...
रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइरालाको निरन्तरता, चिमोरिया प्यानलै पराजित

रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइरालाको निरन्तरता, चिमोरिया प्यानलै पराजित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २७ जेठ – नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति प्राप्त गरेको छ । जेठ २६ गते शनिवार काठमाडौँमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुन; अध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।निर्वाचनमा कोइरालाको प्यानल पुरै बिजयी भएको छ भने उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो । घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह–कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन् ।निर्वाचित कार्यसमित...
वडा नं. ७ मा नाला निर्माण कार्यमा तिब्रता

वडा नं. ७ मा नाला निर्माण कार्यमा तिब्रता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
बब्लु शेषनेपालगन्ज, २७ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले वडाबासीहरुको समस्यालाई समाधान हुने तवरले केशव श्रेष्ठको घरदेखि नामुको घर हुँदै दक्षिण निजामुद्दिन अन्सारीको घरदेखि उत्तर बब्लु शेषको घरसम्म नाला र ढक्कन निर्माण कार्यको थालनी गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयद्वारा बिनियोजित बजेट मार्फत निर्माण कार्य शुरु गरिएको स्थानीयहरुको भनाई रहेको छ । गणेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको ९ सदस्यीय उपभोक्ता समितिमार्फत उक्त नाला र ढक्कन निर्माण कार्य गरिने उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार मिति २०८१ जेठ १८ गतेदेखि कार्यको शुभारम्भ गरी ०८१ असार १७ गते सम्पन्न गरिने निर्माण कार्यको कुल बजेट १५ लाख ३७ हजार ४ सय ९३ रुपैयाँ २० पैसा रहेको छ । जस मध्ये बिनियोजित रकम १५ लाख रहेकोमा वडा कार्यालयले १४ लाख ६० हजार ६ सय १८ रु...