Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

रोयल र न्यु डाँफे विजयी

रोयल र न्यु डाँफे विजयी

आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार
कोहलपुर, ३ असार – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा रोयल नेपालगन्ज फुटबल क्लब र न्यु डाँफे स्पोर्टस क्लबले आईतबार जित हासिल गरेका छन् ।कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा रोयलले ओशोनिक क्लबलाई २–० ले पराजित गरेको छ । रोयलका लागि सुमित थापाले २ गोल गरे । उनले खेलको ८औं र ५०औं मिनेटमा गोल गरेका थिए । खेलमा रोयलका अविशेख यादव प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । आइतबार बिहान भएको खेलमा न्यु डाँफे स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि विशाल चन्दले निर्णायक गोल गरे । चन्द खेलको प्लेयर अफ द म्याचबाट पुरस्कृत भएका थिए ।असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब,...
धान दिवस मनाउन चर्चित कलाकार ज्याेति मगर आउने

धान दिवस मनाउन चर्चित कलाकार ज्याेति मगर आउने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ असार - मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार महिनाको १५ गते धान दिवस अथवा असार १५ मनाउन नेपालगन्जमा चर्चित कलाकार ज्योति मगर, कलाकार चक्र बम र ड्राइ स्कन्क ब्याण्ड रोपाइँ जात्रा मनाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राझामा `रोपाइँ festival season-4´ मा आउने भएका छन । टिम डि-एड्जको आयोजनामा हुन लागेको `रोपाइँ festival season-4´ को तयारी भै रहेको टिम डि-एड्जका अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले जानकारी दिएका छन । असार भरी रोपाइँको चटारोले थकित भएका किसानलाई एक दिन धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वासले असार १५, २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको पाइन्छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले अधिकांस धान उत्पादन हुने ...
वडा नं. १ को सार्वजनिक सुनुवाईमा ५ बुदें प्रतिबद्धता

वडा नं. १ को सार्वजनिक सुनुवाईमा ५ बुदें प्रतिबद्धता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले आर्थिक बर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई गरेको छ ।वडा कार्यालयको आयोजनातथाबास नेपालको सहजिकरणमा वडा कार्यालयलेप्रदानगर्ने सेवातथा सुविधाको प्रभावकारीताबिषयक सार्वजनिक सुनुवाईमा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा वडा नम्बर १ र १८ मा पर्ने पर्यटकिय स्थान वाटरपार्कलाई थप ब्यवस्थित र आकर्षक बनाउने, वडाबाट लक्षित बर्ग उत्थानका लागि सञ्चालीत शिपमुलक तालिमहरुको प्रभावकारितामा गर्ने, तालिम प्रदान गर्दा सिपलाई ब्यवहारमा उतार्न खोज्ने ब्यक्तिहरुको खोजी गर्ने, वडा नम्बर १ लाई थप हरियाली बनाउने र बृक्षारोपण गरिएका बिरुवाहरुको संरक्षण गर्ने, वडामा रहेका टोल विकास समितिहरुको संस्थागतविकास गर्ने, मस्जित टोलमा बाटो, नाला, ताल निर्माण नभएकोले आगामी आर्थिक बर्षमा सडक तथा नाला निर्माण गर्ने, वड...
तालिम दिएर कामदार पदस्थापन गर्न ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम

तालिम दिएर कामदार पदस्थापन गर्न ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ असार – रोजगारी प्रबद्र्धन गर्न नेपालगन्ज उपमहानगरपालिकाले ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम सुरु गर्दैछ । आगामी आर्थिक बर्षदेखि सुरु गरिने यस कार्यक्रमका विषयमा आज उद्योगी व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरिएको छ । उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिनेछ ।नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगन्ज उद्योग बाणिज्य संघसंगको सहकार्यमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना लागि चाहिने अनुसारका कामदारलाई दक्ष बनाउने गरी उपमहानगरपालिकाले तालिम दिएको अवस्थामा उनीहरुलाई पदस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उद्योग व्यवसायको आवश्यकतामा आधारित सीप तथा दक्षता अभिबृद्धि तालिम सञ्चालन गर्ने तथा बेरोजगारलाई त्यहीँ नै पदस्थापन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ । नेपालगन...
गौरव स्मृति फाउण्डेशनको भूमि पुजन

गौरव स्मृति फाउण्डेशनको भूमि पुजन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ असार – गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन नेपालगन्जले आफ्नो भवन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ नेपाल क्षयरोग निवारण संस्था बाँकेको बगलमा भूमि पूजन शनिवार सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ बसपार्कदेखि पूर्वमा गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनलाई फुल्टेक्रा निवासी समाजसेवी माधवराम वर्माले ५ धुर जग्गा भवन निर्माणका लागि दान गर्नुभएको जग्गामा शनिवार भूमि पूजन गरिएको छ ।गौरव स्मृति वियोरसेल्फ फाउन्डेसन अध्यक्ष मधु शाहको अध्यक्षतामा फाउन्डेसनका उपाध्यक्ष करन साहूद्वारा सञ्चालित कार्यक्रममा जग्गादाता तथा प्रमुख अतिथि तथा समाजसेवी माधवराम वर्माले बिधिवत भूमिपूजन गर्नुभएको थियो भने भूमिपूजन कार्यक्रम गुरुप्रसाद मिश्रले पूजा पाठ गराएका थिए फाउन्डेसनका संरक्षक प्रदीपकुमार शाहले जानकारी गराएका छन् । कार्यक्रममा नेपाली काँग्रेस बाँके क्ष...
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल सुरु

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल सुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २ असार – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबार देखी सुरु भएको छ । कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल बराबरीमा सकिएको छ । साविक विजेता नेपालगन्जको धम्बोझी क्लब र कोहलपुर रेसिङ सहारा क्लबबिचको खेल १–१ को बराबरीमा सकिएको हो ।खेलको २५औं मिनेटमा धम्बोझीका क्षितिज थापा मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर कोहलपुर रेसिङका ईश्वर श्रेष्ठले ५१औं मिनेटमा गोल गदैं खेल बराबरी गरेका थिए । खेलमा कोहलपुर रेसिङ सहाराका गोलकिपर सलोन परियारले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गरे । उनलाई अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना र कोहलपुर गोल्ड कपका संयोजक रामबहादुर मल्ले पुरस्कृत गरेका थिए । बाँके जिल्ला फुटबल संघको आयोजनामा कोहलपुरमा सुरु भएको प्रतियोगितामा जिल्लाका ९ क्लबको सहभागिता रहेको छ । शनिबार एक समारो...
सुषमा काेईराला मेमाेरियलमा नयाँ तरिकाले कक्षाहरू सञ्चालनमा ल्याईने

सुषमा काेईराला मेमाेरियलमा नयाँ तरिकाले कक्षाहरू सञ्चालनमा ल्याईने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ असार - नेपालमा मेडिकल क्षेत्रमा होस या शिक्षा क्षेत्रमा सदैव अगाडि सुषमा कोइराला मेमोरियल कलेज तथा अस्पताल अग्र पन्थीमा मानिन्छ । पछिल्लो समय मध्य तथा सुदूरपश्चिममा आफ्नो पहिचान सहित थप सेवा दिन नेपालगन्जमा सुषमा कोइराला मेमोरिअल कलेजले नेपलगन्जमा BIT तथा BBA पढ्ने बिद्यार्थीहरुलाई ट्रेनिङ, स्रोत व्यवस्थापन र अनुसन्धान गर्ने उद्देश्यले अब नयाँ तरिकाले कक्षाहरु सञ्चालनमा ल्याउने भएको छ । विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ।विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, सङ्कायगत आदानप्रदान लगायतका क्षेत्रमा काम गर्ने गरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनि...
सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन

सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३२ जेठ – सशस्त्र प्रहरी बल र र चिनियाँ प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भको अनुगमन गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ अन्तर्गत रहेको ३५ नम्बर सीमा स्तम्भको अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी साम्दो र चिनियाँ प्रहरीको संयुक्त टोलीले जेठ ३१ गते सो क्षेत्रमा पुगी सीमा स्तम्भको अनुगमन गरेका हो । अनुगमनका क्रममा नियमित सम्पर्क र समन्वयमा रही सीमा अपराध नियन्त्रण सम्बन्धी एक आपसमा सहयोग पुर्‍याउने प्रतिबद्धता समेत जनाइएको थियो । खबरहब...
शनिबारदेखि बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल हुँदै

शनिबारदेखि बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल हुँदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३२ जेठ – बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबार देखि कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुदैछ ।कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगन्जको धम्बोझी क्लबबिच प्रतिस्पर्धा हुनेछ । असारको १३ गते सम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ९ क्लबको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब रहेका छन् ।यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उपविजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।दुइ स...
नेपाल-भारतबीचको दीर्घकालीन विधुत व्यापार सम्झौता कार्यान्वयन महत्वपर्ण उपलब्धिः प्रधानमन्त्री प्रचण्ड

नेपाल-भारतबीचको दीर्घकालीन विधुत व्यापार सम्झौता कार्यान्वयन महत्वपर्ण उपलब्धिः प्रधानमन्त्री प्रचण्ड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
हेटौडा, ३२ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको उल्लेख गरे । “केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने छ ।” वर्षायाममा ६ महिना...