Thursday, December 12सत्यम खबर
Shadow

मोदी ३.० क्याबिनेटको पहिलो निर्णयः ३ करोड गरिब घरपरिवारका लागि नयाँ घर बनाउने

काठमाण्डौ, ३१ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्को पहिलो बैठकले ३ करोड गरिब परिवारका लागि नयाँ घर बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्राप्त विवरण अनुसार ती घर गाउँ र सहरमा बनाइने छ। घरमा शौचालय, बिजुली, पानी र ग्यास जडान हुनेछ।

मोदीले आफ्नो पहिलो कार्यकालका बेला सन् २०१५र१६ मा सुरु गरेको यो योजनाअन्तर्गत १० वर्षमा ४ करोड २१ लाख घर निर्माण भइसकेका छन्।

मोदीले सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका थिए।

साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका थिए।

मोदी मन्त्रिपरिषद्को कूल सदस्य संख्या ७२ छ। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *