Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

रुस र युक्रेनबीच जारी युद्धः जो वाईडेनपछि मोदीले गरे पुटीनसॅग फोनवार्ता

रुस र युक्रेनबीच जारी युद्धः जो वाईडेनपछि मोदीले गरे पुटीनसॅग फोनवार्ता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ भाद्र – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मोदीले पुटिनसँग कुराकानी गरेको जानकारी दिदै लेखेका छन्- 'राष्ट्रपति पुटिनसँग आज कुराकानी भयो । हामीले रूससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई सुदृढ गर्ने उपायहरूबारे छलफल गर्यौं । हामी दुबैले रुस-युक्रेन द्वन्द्वमा हाम्रो विचार आदानप्रदान गर्यौं र युक्रेनको भ्रमण पछि हाम्रो अन्तर्दृष्टिको बारेमा छलफल गर्यौं । हामीले राष्ट्रपति पुटिनलाई भन्यौं कि भारत यो द्वन्द्व अन्त्य गर्नको लागि चाँडो, दिगो र शान्तिपूर्ण समाधान खोज्न पूर्ण रूपमा प्रतिबद्ध छ ।' प्रधानमन्त्री मोदीले सोमबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि फोनमा कुरा गरेका थिए । मोदीले अमेरिकी राष्ट्रपति ...
आइसीसीमा भारतीय नेतृत्वः अध्यक्ष पदमा जय शाह निर्वाचित

आइसीसीमा भारतीय नेतृत्वः अध्यक्ष पदमा जय शाह निर्वाचित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १२ भाद्र – भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा आज जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । वर्तमान अध्यक्ष ग्रेग बार्क्लेले आफ्नो तेस्रो कार्यकालका लागि अध्यक्ष नबन्ने बताएपछि उनको कार्यकाल आउदो नोभेम्बरसम्मका लागि मात्र थियो । अब जय शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सम्हाल्ने छन् । अध्यक्षमा निर्वाचित भएपछि शाहले क्रिकेटलाई अझ बढी लोकप्रिय बनाउन काम गर्ने बताएका छन् । शाहको कार्यकाल दुई बर्षको हुने छ भने उनी तीन पटकसम्म अध्यक्ष हुन पाउने नियम रहेको छ । नेपाल पाना...
“उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग”

“उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग”

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, ११ भदौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता र निर्माणमा भएको भ्रष्टाचारप्रति कडा असन्तोष व्यक्त गर्दै राष्ट्रिय एकता अभियानले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पान्डेलाई ज्ञापन पत्र बुझाउँदै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। अभियानले अधिकारीको नेतृत्वमा भएको अनियमितता र असक्षमताले देशको प्रतिष्ठित परियोजनालाई गम्भीर संकटमा पार्नुभएको बताएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा आज मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा ठूला भ्रष्टाचार र प्रविधिक त्रुटिहरू भएको आरोप लगाइएको छ। विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा संचालनमा आउन नसक्नुमा नागरिक उड्डयन प्राधिकरणको असक्षमता मुख्य कारक रहेको पत्रमा उल्लेख गरिएको छ। ...
सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ भव्यताका साथ सम्पन्न

सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ भव्यताका साथ सम्पन्न

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजका अवसरमा महिलालाई सम्मान तथा दर खुवाउने उद्देश्यले आयोजित यात्रा भव्यरुपमा सम्पन्न भएको कम्पनीले जनाएको छ । समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई भेला पारी कम्पनीले तीज यात्रा आयोजना गरेको कम्पनीका बिजनेश डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिए । उनका अनुसार यात्रा भदौ ४ गते बुटवलको सिद्धार्थ कटेजबाट सुरु भएको थियो । यात्रा भदौ ५ गते भैरहवाको सिद्धार्थ भिलासा, भदौ ६ गते सिद्धार्थ होटल, टीकापुर र भदौ ८ गते सिद्धार्थ कटेज नेपालगन्जमा आयोजना भएको थियो । तीज यात्राभर गायिका मञ्जु पौडेलसहित स्थानीय कलाकारहरुले विशेष प्रस्तुति दिएका थिए । चार स्थानमा गरिएको कार्यक्रममा गरी एक हजारभन्दा बढी महिला उपस्थित थिए । “विभिन्न क्षेत...
वालिङ नगरपालिकाको बजेटमा वडा अध्यक्षको हस्तक्षेप, नगर गौरवका अधुरा योजना अलपत्र

वालिङ नगरपालिकाको बजेटमा वडा अध्यक्षको हस्तक्षेप, नगर गौरवका अधुरा योजना अलपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
वालिङ्, १० भाद्र – वालिङ नगरपालिकाले १६ औं नगरसभा सम्पन्न गरेको २ महिनासम्म पनि चालु आर्थिक वर्षको योजना सार्वजानिक गर्न सकेको छैन । नगरपालिकाको गत असारमा आर्थिक वर्ष २०८१÷०८२का लागि बजेट विनियोजन गरे पनि जनप्रतिनिधिको एक आपसको द्वन्दकाकारण योजना सार्वजानिक हुन नसकेको हो । स्थानीय तहको बजेट निर्माण उपप्रमुख ले गर्ने कानुनी प्रावधान रहेको छ । वालिङ नगरपालिकामा उपप्रमुखले बजेट तथा योजना प्रस्ताव गरेको कार्यपालिकाले स्वीकार नगरेपछि विवाद श्रृजना भएको थियो । त्यसपछि उपप्रमुखको अधिकार माथी वडा अध्यक्षहरुले हस्तक्षेप गरी नगर प्रमुख र वडा अध्यक्षहरुले योजना निर्माण गरेका हुन । यो प्रकृयामा उपप्रमुखको सहभागिता रहेको छैन् । उपप्रमुखले प्रस्ताव गरेको बजेट भन्दा फरक निर्माण गर्दा नगर स्तरीय अधुरा योजनामा रकम विनियोजन गरिएको छैन । यस अधि नगरसभावाट प्रत्येक वडालाई ५० लाख र १४ नं वडालाई ६० लाख व...
लुम्बिनी प्रदेश सरकारले पुरक बजेट ल्याउदैनः मुख्यमन्त्री

लुम्बिनी प्रदेश सरकारले पुरक बजेट ल्याउदैनः मुख्यमन्त्री

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दाङ, १० भाद्र – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पुरक बजेट नल्याउने स्पष्ट पारेका छन् । चालु आर्थिक बर्षका लागी स्वीकृत बार्षिक कार्यक्रमहरुको पूर्ण कार्यान्वयनको लागी सरकारले कार्यविधि र कार्ययोजना निर्माण गरिसकेको जानकारी दिदै छुटेका योजनाहरुलाई अर्काे आर्थिक बर्षमा समेट्न सकिने बताएका हुन । बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिककर्मी लगायत सरोकारवालाहरु संग मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले योजना माग गर्दा प्रक्रियागत रुपमा आउन पनि आग्रह गरे । अघिल्लो सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले आचार्यले बजेट बनाएका थिए । ‘तपाईहरु स्पष्ट हुनुहोस, सरकारले पुरक बजेट ल्याउदैन । छुटेका योजनाहरुलाई अर्काेबर्ष समेट्नेगरी तयारी थाल्छौं’ उनले भने, ‘योजना माग गर्ने प्रक्रिया हुन्छ...
तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते

तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ९ भाद्र – तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐना पहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुबाहक बसलाई क्रेनको सहायताले नदीबाट १० मिटर बाहिर ल्याइएको छ । शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाई पानी बाहिर निकालेको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । ‘बस निकाल्नको लागि दमौलीबाट प्राइभेट क्रेन प्रयोग गरिएको थियो। पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडकसम्म निकाल्न सकिएको छैन,’ उनले भने, ‘आज आइतबार पनि बस निकाल्ने कार्य जारी रहनेछ ।’ शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । आज भारतीय एयर फोर्सको जहाजले चितवनबाट शव लिएर स्वदेश फ...
श्री कृष्णा जन्माष्टमीमा विविध कार्यक्रम हुने, त्रिभुवन चोकमा प्रसिद्ध कलाकारसहित जबाबी कीर्तन

श्री कृष्णा जन्माष्टमीमा विविध कार्यक्रम हुने, त्रिभुवन चोकमा प्रसिद्ध कलाकारसहित जबाबी कीर्तन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – प्रत्येक वर्ष झै यस वर्ष पनि भगवान श्री कृष्णको श्री कृष्ण जन्माष्टमी महोत्सव–२०८१ विभिन्न स्थानहरुमा भब्ययता साथ मनाउने तयारी गरिएको छ । मोहललाल वैश्य स्मृतिमा नेपालगन्जको मुटु त्रिभुवन चौकमा वर्षौदेखि सम्पन्न हुँदै आईरहेको श्री कृष्णा जन्माष्टी यसपटक भाद्र १० गते अर्थात भोलि सोमबारका दिनदेखि शुभारम्भ गरिने आयोजक संस्थाका अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराएका छन् । अध्यक्ष वैश्यले दिएको जानकारी अनुसार ओम शान्तिको सहकार्यमा भगवान श्रीकृष्णको मनोरम, सुन्दर झाँकीसहित कार्यक्रमको शुभारम्भ गरिनुका साथै प्रसाद वितरण गरिने तथा भाद्र ११ गते भगवान श्रीकृष्णको झाँकीसहित सुन्दर लिला लगायत धार्मिक कार्यक्रम सम्पन्न गरिने बताउनुभयो । यसैगरी भाद्र १२ गते भारतका प्रसिद्ध जबाबी कीर्तनका कलाकार सचदेवा सराती कानपुर तथा प्रसिद्ध कलाकार रोशनी अन्जानाको प्रस्तृति हुने जानकारी गर...
रसियाको चलचित्र महोत्सवको फाईनलमा नेपालको सर्टफिल्म ‘द स्कुलवाल’

रसियाको चलचित्र महोत्सवको फाईनलमा नेपालको सर्टफिल्म ‘द स्कुलवाल’

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ९ भाद्र – नेपालको सर्टफिल्म ‘द स्कुलवाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरु मध्येबाट ‘द स्कुलवाल’ फाईनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने सो चलचित्र महोत्सवमा ‘द स्कुलवाल’ प्रर्दशन समेत हुँदैछ । फाईनल चरणमा नेपालको तर्फबाट द स्कूलवाल सँगै अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिलपनि सहभागी रहेको छ । उक्त चलचित्र महोत्सवलाई रुसी अर्थोडक्स चर्चको यारोस्लाभ मेट्रोपोलियाको रिबिन्स्क डायोसेजको आयोजनातथा राष्ट्रिय प्रतिलिपि अधिकार समर्थन कोष र राष्ट्रपति अनुदान कोषले सहआयोजना गरेको छ । रसियाको फेस्टिभल आयोजक टीमबाट कार्यक्रममा सहभागी हुनको लागि निमन्त्रणा आएसँगै रसियन एम्बेसीले भिसा पनि दिईसकेको तर रसिया युक्रेन यु...
मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव

मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ९ भाद्र – मनमोहन मेमोरियल अस्पतालमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् । अस्पतालमा मन लागेको समयमा मात्र काम गर्ने नत्र मोबाइल हेरेर लविमा मात्र बस्ने वा अस्पतालको क्वाटर तिर रहने व्यवहारका कारण अस्पतालका हरेक कर्मचारीहरू हैरान भई सकेका छन् । दिएको जिम्मेवारी पुरा गर्न तथा काम गर्न अस्पताल प्रशासनले भनेमा आफू यही अस्पतालमा सुसाइड गरी दिने भन्दै उल्टै धम्काउने र तोडफोड गर्ने तथा सुसाइड गर्दा तिमीहरूको नाम उल्लेख गरेर मरिदिन्छु जेल पठाउँछु भने जस्ता धम्की दिने गरेका कारण अस्पतालमा सबैले हैरानी खेप्नु परेको छ । करारमा रहकी नर्सका कारण अस्पतालमा हैरानी खेप्नु पर्दा समेत अस्पताल प्रशासन भने उनीलाई कारबाईको दायरामा ल्याउन हिचकिचाएको एक कर्मचारीले बताए । उनका अनुसार कोइर...