Sunday, February 9सत्यम खबर
Shadow

तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते

काठमाण्डौ, ९ भाद्र – तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐना पहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुबाहक बसलाई क्रेनको सहायताले नदीबाट १० मिटर बाहिर ल्याइएको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाई पानी बाहिर निकालेको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

‘बस निकाल्नको लागि दमौलीबाट प्राइभेट क्रेन प्रयोग गरिएको थियो। पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडकसम्म निकाल्न सकिएको छैन,’ उनले भने, ‘आज आइतबार पनि बस निकाल्ने कार्य जारी रहनेछ ।’

शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।

आज भारतीय एयर फोर्सको जहाजले चितवनबाट शव लिएर स्वदेश फर्किएको छ । घाइतेहरूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *