Thursday, February 13सत्यम खबर
Shadow

बस दुर्घटनामा सहचालकसहित दुई जनाको मृत्यु

नेपालगन्ज, १३ भाद्र – आज नमस्ते काटेज अगाडी भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जनाएका छन् ।
सन्तोष भूसाल बसका सहचालक हुन् । प्रवक्ता डिएसपी डाँगीका अनुसार दुर्घटनामा २७ जना घाइते भएका छन् । उनीहरू मध्ये भेरी अस्पतालमा ५ जनाको कोहलपुर मेडिकल कलेजमा थप घाइतेको उपचार भइरहेको छ । एक जना डिस्चार्ज भइसकेका छन् ।

दाङबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर – नेपालगन्ज सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका –६ कोठारपुरमा अनियन्त्रित भई आज बिहीबार बिहान सवा ११ बजे दुर्घटना भएको थियो ।
प्रवक्ता डिएसपी डाँगीका अनुसार तीब्र गतिको बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस सडक खण्ड मै पल्टिएको थियो । चालक प्रहरीको नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *