Friday, February 14सत्यम खबर
Shadow

वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट

वालिङ, १४ भाद्र – वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यति वेला वालिङ तातेको छ । गत असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगर प्रमुखले पत्रकार सम्मेलन गरेर अर्को बजेट सार्वजानिक गरेको तथ्य भेटिएको छ । प्रमाणिकरण गरिसकेको बजेट हिमदुतले सार्वजानिक गरेपछि नगर प्रमुख कृष्ण खाँणलाई नैतिक प्रश्न उठेको छ ।

सभामा पेश गरेर पारित भैसकेको बजेटलाई घाटा बजेट उपप्रमुखले पेश गरेको भन्दै नगरपालिकामा पत्रकार सम्मेलन गरेर अर्को बजेट पेश गरेका थिए । आज पेश भएको बजेटमा समेत बजेट अवण्डा गरी उपप्रमुखले चालुतर्फको बजेटमा पेश गरेको भन्दा झण्डै २ करोड वढी रकमलुकाइ पेश गरिएको थियो । यो संगै अन्य शिर्षकमा समेत नागरिकलाई झुक्याएर आवश्यकभन्दा वढी वजेट राखेर विकास योजनाका बजेट कम गराई पेश गरिएको छ । यसले नगरपालिकाको बजेट प्रतिझनै शंका पैदा गरेको छ ।

आज सार्वजानिक गरेको बजेट उपप्रमुखको समेत सहमतीमा निर्माण गरिएको पटक पटक वताउ“दै आएका नगर प्रमुख खांण प्रतिलक्षित गरेर उपप्रमुख कविता तिवारीले आजै साँझ विज्ञप्ती जारी गरेपछि खाँणले वोलेको विषय समेत झुटा सावित भएको छ । तिवारीले आफूले स्रोत अनुमान गरेर नागरिक मैत्री बजेत सभामा पेश गरेको दावी गर्दै आएकी छन् ।

पत्रकार सम्मेलनवाट महासंघका अध्यक्ष विच मै वाहिरिए

वालिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलन औपचारिक रुपमा सुरु भइरहेको वेलानगर प्रमुख खाँणले पत्रकार महासंघका उपसभापती भवानी अधिकारी र पूर्व अध्यक्ष ओमप्रकाश शर्मा र प्रकाश डोटेललाई आसन ग्रहण गराएपछि त्यही रहेका पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल वाहिरिनु परेको थियो ।
नगर प्रमुख खाँणको अध्यक्षमा भएको उक्त पत्रकार सम्मेलनमा नगर प्रवक्त पदमराज गुरुङले बजेट सार्वजानिक गरेका थिए । स्थानीय सरकार प्रमुखले पत्रकार महासंघ जस्तो साझा संस्थाप्रति गरेको व्यवहारवाट चित्त दुखेर वाहिरिएको सिग्देलले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *