Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – इजरायलले मङ्गलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ । इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि युएभी कमान्डरको मृत्यु भएको हो । युएभी एकाईले हिजबुल्लाह समूहको मानवरहित विमानको अनुगमन गर्दछ । मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल–अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो । इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कहाँ र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन । ‘बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण यूएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर गरिएको सेनाले जनाएको छ । इजरायली सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन ...
गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताएका छन् । अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उनले उल्लेख गरेका छन् । यदि यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उनले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताएका छन् । उनले अक्ट...
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – चीनले सोमबार ताइवान र यसको वरपरका टापुहरूमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ । यस अभ्यासमा १२५ विमान, विमानवाहक ‘लियानिङ’ र अन्य जहाजले भाग लिएका थिए । अभ्यासमा, प्रमुख बन्दरगाहहरू घेराबन्दी गरिएको थियो । जसका कारण ताइवानमा तनाव बढेको छ । बेइजिङले ताइवानमाथि चीनको सार्वभौमसत्ताको दाबी स्वीकार गर्न अस्वीकार गरेकोमा ताइवानका राष्ट्रपति लाइ चिङ-टे विरुद्ध सैन्य अभ्यासलाई दण्डात्मक कारबाही भएको बेइजिङले बताएको छ । यो अभ्यास ताइवानको राष्ट्रिय दिवसको चार दिनपछि भएको थियो । राष्ट्रिय दिवसमा आफ्नो सम्बोधनमा राष्ट्रपति लाइ चिङ-तेले चीनलाई ताइवानको प्रतिनिधित्व गर्ने अधिकार नभएको बताए । उनले मर्जर वा अतिक्रमणको सधैं विरोध गर्ने बताए । चीनको ताइवान मामिला कार्यालयले एक विज्ञप्तिमा लाइ चिङ-टेको स्वतन्त्र ताइवानको झुटो दाबीको लागि यो कडा सजाय भएको बताएको छ । उही समयमा, त...
भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनावको मिति घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगले मंगलबार दुई राज्यको चुनावको मिति घोषणा गरेको हो । पत्रकार सम्मेलन गर्दै मुख्य निर्वाचन आयुक्त राजीव कुमारले महाराष्ट्रमा एकै चरणमा नोभेम्बर २० मा चुनाव हुने जानकारी दिएका छन् भने अर्को राज्य झारखण्डमा दुई चरणमा चुनाव हुने छ । झारखण्डमा पहिलो चरणको मतदान नोभेम्बर १३ मा हुनेछ र दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ । दुवै राज्यको मतगणना नोभेम्बर २३ मा हुने आयोगले जानकारी दिएको छ । महाराष्ट्र विधानसभाको कार्यकाल २६ नोभेम्बरमा समाप्त हुदै छ भने झारखण्ड विधानसभाको कार्यकाल जनवरी ५, २०२५ मा समाप्त हुदै छ । २८८ सदस्यीय महाराष्ट्र विधान सभामा अहिले भारतीय जनता पार्टी, एकनाथ सिंधे नेतृत्वको शिव सेना र अजित पावर नेतृत्वको एनसिपीको गठबन्धनको सरकार रहेको छ । त्यस्तै ८१ सद...
६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाईयो

६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाईयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले ६९ औं प्रहरी दिवस भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आथित्यता तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको विशिष्ट आतिथ्यतामा प्रहरी दिवस मनाइएको बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक नारायण आयुशप्रसाद जोशीले प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त सुभकामना सन्देश वाचन गरेर सुनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले नेपाल प्रहरीको गर्विलो ईतिहास रहेको बताए । उनले जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको र त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले धन्यबा...
लामो समयदेखिको चिनियाँ अर्थतन्त्रको मन्दीलाई रोक्न बेइजिङ असफल

लामो समयदेखिको चिनियाँ अर्थतन्त्रको मन्दीलाई रोक्न बेइजिङ असफल

आर्थिक, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – बेइजिङले लामो समयदेखिको मन्दीलाई रोक्न धेरै उपायहरू गरे पनि चीनको अर्थतन्त्र पुनर्जीवित हुन सकेको छैन । ब्याजदर कटौतीदेखि सरकारी खर्च बढाउने र पुराना गाडी बदल्न जनतालाई प्रोत्साहन गर्न विद्युतीय सवारीमा दोब्बर अनुदान दिने जस्ता उपभोक्ताको विश्वास जगाउने प्रयास गरिएको छ । बरु डम्पिङको प्रयासलाई रोक्न धेरै देशहरूले विद्युतीय सवारीसाधन जस्ता चिनियाँ उत्पादनहरूमा आयात शुल्क लगाएकोले बेइजिङको परिदृश्यलाई थप जटिल बनाएको छ। अक्टोबर १ मा चीनको ७५ औँ राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रपति सी जिनपिङले देशको लागि अगाडिको बाटो आँधीबेहरी हुनसक्छ भनेर चेतावनी दिनु अचम्मको कुरा होइन। चिनियाँ अर्थतन्त्रको दोहोरो अंकको वृद्धिको कथा अहिले लोककथा बनेको छ। सन् २०२४ को दोस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको छ भने पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि भएको छ। अ...
उत्तर कोरियाली सैनिक युक्रेनमा रूसका लागि युद्ध लड्दै

उत्तर कोरियाली सैनिक युक्रेनमा रूसका लागि युद्ध लड्दै

आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – उत्तर कोरियाले आफ्ना सैनिकलाई युक्रेनमा रूसी सेनाको मद्दतका लागि तैनाथ गरेको छ । गत साता युक्रेनी समाचार संस्था इन्टरफेक्स–युक्रेन र कियभ पोस्टले युक्रेनको खुफिया विभागको स्रोतको हवाला दिँदै एक प्रतिवेदन जारी गरेको थियो । उक्त प्रतिवेदनमा अक्टोबर ३ मा डोनबासमा रूसको कब्जामा रहेको क्षेत्रमा युक्रेनले मिसाइल आक्रमण गर्दा उत्तर कोरियाली सेनाका ६ अधिकारी मारिएका र ३ जना घाइते भएका उल्लेख छ । बीबीसीको हिन्दी अनलाइन संस्करणले स्रोतको हवाला दिँदै उत्तर कोरियाली सेनाका अधिकारीहरूको एक समूह आफ्ना रूसी सहयोगीहरूसँग भेट्न र उनीहरूसँग ‘अनुभव साझा गर्ने’ उद्देश्यका साथ युक्रेनको रुसी नियन्त्रित भूमिमा गएका बताइएको छ । के यो दाबीमा सत्यता छ ? युक्रेनको खुफिया विभागले गतवर्ष पनि एक प्रतिवेदन जारी गरेको थियो । उक्त प्रतिवेदनमा उत्तर कोरियाका सैन्य अधिकारिको एक सानो ...
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थियो । बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए । त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले ४७ रनमा १११ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सूर्यकुमार यादवले ३५ ब्व्ल्मा ७५, हार्दिक पाण्डेयले १८ बलमा ४७, रियान परागले१३ बलमा ३४ रन बनाएका थिए । यो जितपछि भारतले तीन खेलको सिरिज ३-० ले जितेको छ । यस खेलको प्लेयर अफ द म्याच सन्जु सामसन बने बने सिरिजमा प्लेयर अफ द सिरिज हार्दिक पाण्डेय बनेका ...
पाकिस्तान क्रिकेटमा गहिरियो संकटः बाबर आजमलाई टीम बाहिर राख्न सिफारिस

पाकिस्तान क्रिकेटमा गहिरियो संकटः बाबर आजमलाई टीम बाहिर राख्न सिफारिस

खेल, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
काठमाण्डौ, २८ असोज – पाकिस्तानका पुर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ । क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिश गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनौट समितिको सदस्यमा नियुक्त गरेको थियो । यस अघि पाकिस्तानको छनौट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनौट समितिमा हुने गर्दछन् । बाबरले कप्तान पुन: नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् । इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ । नेपाल पाना...
गौरव स्मृतिको सराहनीय कार्य, भक्तजनहरुलाई पानी खुवाउँदै.. ((फोटोफिचरसहित)

गौरव स्मृतिको सराहनीय कार्य, भक्तजनहरुलाई पानी खुवाउँदै.. ((फोटोफिचरसहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ असोज – प्रत्येक वर्ष झै यस वर्ष पनि गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले माता नव दुर्गा प्रतिमा बिर्सजन गर्न जाने भक्तजनहरुको लागि शुद्ध खानेपानीको व्यवस्थापन गरेको थियो । यस वर्ष बाँके जिल्लामा करीब ६ सय बढी माता नव दुर्गा भवानीको प्रतिमा विभिन्न स्थानहरुबाट डुडुवा गाउँपालिका वडा नं. ५ स्थित रहेको सिधनिया घाट (राप्ती घाट)मा बिर्सजन गरिएको छ । सोही क्रममा फत्तेबाल आँखा अस्पताल गेट अगाडी मुर्ति बिर्सजन गर्न जाने भक्तजनहरुको प्यास मेटाउन शुद्ध जल (खानेपानी) को व्यवस्थापन गरिएको गौरव स्मृति तथा बियोर सेल्फ फाउण्डेशनकी अध्यक्ष मधु शाहले जानकारी दिनुभयो । खानेपानी व्यवस्थापनमा गौरव स्मृतिकी अध्यक्ष मधु शाह, उपाध्यक्ष करन शाह, सचिव शुकराम ठाकुर, सहसचिव प्रेमा शाही, कोषाध्यक्ष विजय कोरी रहेका थिए भने सदस्यहरुमा शिवम् शाह, मुन्सी हज्जाम, अनिता बस्नेत, पास्कल ब...