Tuesday, October 22सत्यम खबर
Shadow

कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द

नेपालगन्ज, ५ कार्त्तिक – बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन नेपालगन्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कार्त्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको हो ।

३३ जना पुरुष र ८७ जना महिलाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक बृजेश मिश्रले जानकारी गराए । उनका अनुसार २९ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १३ जना पुरुष र १६ जना महिला रहेका छन ।

किभा फाउन्डेसका महासचिव एवं प्रवक्ता अजय पाठकका अनुसार प्राय मोतियाबिन्द र दृष्टि दोषले ग्रसित बिरामीहरु देखिएका छन । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको महासचिव पाठकले बताए ।

यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

यस्तै, कार्त्तिक ६ र ७ गते डुडुवा गाउँपालिका वडा नं. ४ आस्थायी स्वास्थ्य केन्द्र र कार्त्तिक ८ र ९ गते डुडुवा गाउँपालिका वडा नं. ३ बन्कट्टी स्वास्थ्य चौकीमा बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन हुने कार्यतालिका रहेको उपाध्यक्ष मोदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *