Wednesday, June 18सत्यम खबर
Shadow

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागि विद्यालय स्तरबाटै सिकाई आवश्यक

बर्दिया, १२ पुस – मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहन सहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहन सहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन ।

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ स्थित मञ्जुश्री शिशु बाटिका माध्यमिक विद्यालयमा सम्पन्न ‘शुक्रबार वातावरण बार’ कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि कक्षा १० मा अध्ययनरत क्षात्रा सिता थारुले वन वन्य जन्तु तथा वातावरण संरक्षणको कुरा आफुहरुले अहिल्यै देखि सिक्न सके यस क्षेत्रमा हुने मानव र वन्यजन्तु बिचको द्वन्द्वन्यूनीकरण गर्न सहज हुने बताउनु भयो । साथै उहाँले विद्यालय आउँजाउँ गर्दा मनमा डर उत्पन्न हुने र पढाईमा पनि राम्रो संग ध्यान दिन नसकेको बताउनु भयो ।

कार्यक्रमका अर्का सहभागि कक्षा १० मा अध्ययनरत विद्यार्थी आर्यन परियारले वातावरण बार अन्तरगत मानव र वन्यजन्तु बिचको सहअस्तित्वको सम्बन्ध बारे जानकारी पाएको बताउँदै वातावरणीय सुरक्षाका बारेमा जान्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।

कक्षा ९ र १० का ८० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बिषयविज्ञ मदन ज्ञवालीलले छलफलको सहजीकरण गर्नु भएको थियो । उहाँले विद्यार्थिहरुलाई वातावरणको महत्व तथा जैविक विविधताको बिषयमा जानकारी गराउनु भएको थियो ।

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम समुदायका लागि सञ्चार अभियान नेपालको आयोजनामा बाँके र बर्दियामा सञ्चालित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *