ब्याग झोला बनाउने एक महिने तालिमको समापन
नेपालगन्ज, ४ जेठ – महिलाहरुका लागि सिपमुलक ब्याग झोला बनाउने एक महिने तालिम उत्साहित प्रशिक्षार्थीहरुका मांझ एक औपचारिक कार्यक्रम बिच समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति माया पुन मगरले घर बसेका महिलालाई सिप निर्भर बनाउन कम लगानीमा आत्मनिर्भर बनाउनका साथै कपडाको झोलाले प्लास्टिक जन्य प्रदुषणबाट बच्न æहरित वताबरण सम्भावनाæ लुम्बिनी प्रदेश सरकारले बाँकेको पर्यटन डिभिजन कार्यालय कोहलपुरले पहल गरेको र यसरी नै आउँदा दिनमा पनि प्रदेश सरकारबाट बिभिन्न सिपमुलक तालिमका लागि पहल गर्ने जानकारी गराउनु भयो ।
पर्यटन डिभिजन कार्यालय कोहलपुर योजना तथा प्रशासन शाखाका वरिष्ठ अधिकृत कृष्णबहादुर बिष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई वरिष्ठ पत्रकार समाजसेवी हेमन्त कर्माचार्य, समाजसेवी प्रमोदकुमार श्रेष्ठ तालिमका प्रशिक्ष...









