कोभिड–१९ पछि पत्रकारितामा परेको असर र चुनौती बारे छलफल
समीर अली बेहनानेपालगन्ज, २१ फागुन – पत्रकारिता जगतमा कोविडपछि परेको असर र चुनौती बारे एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । डब्लू.एच.पी.एल.द्वारा आयोजना गरिएको छलफल कार्यक्रममा हङकङ, फिलिपिन्स, इन्डोनेसिया र नेपाल गरि २० जना पत्रकार तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा कोभिड–१९ पछिको संसारमा परिवर्तनीय मीडिया परिदृश्यलाई आत्मसात गर्न राम्रो सभ्यासहरुको सुझाव दिए ।हङ्गकङ्गको एक मिडिया परामर्शदाता टेरी यङ्ले नागरिकहरुले मिडिया उत्पादनलाई बिरलै ध्यान दिन्छन् तर मिडिया संस्थाहरुको राजनीतिक पक्षहरुको बारेमा बढी चिन्तित छन् भन्ने बारेमा कुरा गर्नुभयो । उहाँको अनुसार महामारीको समयमा हंगकंगको राजनैतिक द्रुवीकरण कसरी बिग्रियो भनेर व्याख्या गरे जसले गर्दा मिडिया र जनता बिचको संवाद धेरै चुनौतीपूर्ण बनेको बताउनु भयो ।
त्यस्तै इन्डोनेसियाका पत्रकारहरुले मीडिया लचिलो ...









