Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

कोहलपुरलाई आधुनिक व्यापरिक केन्द्र बनाउन सुझाव

कोहलपुरलाई आधुनिक व्यापरिक केन्द्र बनाउन सुझाव

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
कोहलपुर, १३ फागुन – लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले व्यवसायिक सुरक्षा आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन लक्षित व्यवसायीहरुसँग भेटघाट गर्दै सो समूहले आफ्नो प्रमुल लक्ष्य व्यवसायिक सुरक्षा नै रहेको बताएका छन् ।‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहले बिहीबार कोहलपुरको उज्वल मेडिकल हल, न्यूरोड, चौराहा, मुख्य बजार, साँझा चोक, पीपल चौतारा हुँदै हाईस्कुल चोकसम्मका व्यवसायिहरुसँगको भेटघाट गर्दै कोहलपुर क्षेत्रको व्यापार व्यवसायको सुरक्षा आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् । विशेष गरी कोहलपुरका पसलहरुमा चोरीका घटनाहरु बढिरहेको, कोरोना भाईरसका कारण व्यापार व्यवसाय धरासय भएको, घरभाडा तिर्न नसक्दा व्यवसाय बन्द ...
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार
बागलुङ, १३ फागुन – राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको छ ।प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालय अन्तर्गत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरुसँग समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति दिइएको छ । देशमा संघीय संरचना शुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरे...
मतदान गरी निर्वाचनमा बिजय गराउन आग्रह

मतदान गरी निर्वाचनमा बिजय गराउन आग्रह

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
कोहलपुर, १२ फागुन – कोहलपुर उद्योग वाणिज्य संघको यही फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समावेशी व्यवसायी समूहले व्यवसायीहरुसँग भेटघाट गरेको छ ।‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहले आफ्नो निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत व्यवसायीहरुसँग भेटघाट गरेको हो । कोहलपुर नगरपालिका वडा नं. १४ को चौधरीया, गोहवा, चन्नाहवा, रंगिला चोक, चौधरीय गाउँ र मदनचोकका व्यवसायीहरुसँग भेटघाट गरिएको लोकतन्त्रीक समावेशी व्यवसायी समूहबाट कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले बताएका छन् । साथै उनले व्यवसायीहरुसँग आफ्ना एजेण्डाहरु प्रस्तुत गरी निर्वाचनमा बिजय गराउन आग्रह गरिएको बताउँदै आम व्यवसायीहरुले मतदान गरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहलाई बिजय गराउने प्रतिवद्धत...
प्रेस संगठन बाँकेले पाओ पुर्णता, सह-संयोजकमा आचार्य

प्रेस संगठन बाँकेले पाओ पुर्णता, सह-संयोजकमा आचार्य

प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ८ फागुन -प्रेस संगठन बाँकेको सह-संयोजकमा राजेश आचार्य चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न भेलाले संगठन विस्तार गर्दै सह-संयोजकमा आचार्यलाई चयन गरेको छ । त्यसैगरी भेलाले ३७ जनालाई संगठनको जिल्ला सदस्यमा मनोनित गरेको छ । शनिबार नयाँ पदाधिकारी चयन भएसँगै प्रेस संगठन बाँकेले पूर्णता पाएको छ ।डक्ट प्रसाद धिताल नेतृत्वको संगठनका सहसंयोजक हेमन्त विक अर्कै संगठनमा आवद्ध भएपछि उनको स्थानमा आचार्यलाई नियुक्त गरिएको हो । त्यसैगरी संगठनको जिल्ला कार्यसमिति सदस्यमा बाँकेका विभिन्न संचारमाध्यममा कार्यरत ३७ जना पत्रकारहरूलाई मनोनित गरिएको संगठनका  संयोजक धितालले बताउनु भयाे । मनोनित भएका सदस्यहरुलाई फागुन १५ गते एक कार्यक्रमका बीच सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । प्रेस संगठन बाँकेका संयोजक धितालको संयोजकत्वमा भएको कार्यक्रममा नेकपाका नेता एवं संबिधान सभा सदस्य दलबहादु...
कर्मचारीलाई जोडेर गरिएका भ्रमित प्रचारबाजी बारे स्पष्टता

कर्मचारीलाई जोडेर गरिएका भ्रमित प्रचारबाजी बारे स्पष्टता

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ फागुन – नेपाल सरकारका पूर्बसचिव भिम उपाध्यायज्यू र सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मिडियामार्फत आप्mनै श्रीमतीलाई भान्से भन्ने शिर्षकको प्रकाशित समाचारप्रति मेरो व्यक्तीगत र यस डुडुवा गाउँपालिका कार्यालयको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।सरकारी निजामती सेवामा जवाफदेही पदमा कार्यरत रहेको नाताले डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले आज एक प्रेस विज्ञप्ती निकालेर सो समाचारप्रति ध्यानकषर्ण गराउदै सत्य तथ्य घटनालाई प्रष्ट पार्नुभएको छ । मेरा सचिवालयको भान्से पदमा कार्यरत महिला मेरै धर्मपत्नी हुन । पूर्व सचिव र केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति म धन्यबाद दिन चाहन्छु । तर उनी उक्त पदमा नियुक्ती हुँदा एकल नारी थिइन् र स्वतन्त्र प्रतिस्पर्धामार्फत कानून तथा नियमानुसार छनौट भएकी हुन । उहाँले विज्ञप्तीमा लेख्नुभएको छ । म पनि एकल भएको अवस्थामा हामीदुई ...
अनलाईन बिजनेश फेस्टिबल सम्पन्न

अनलाईन बिजनेश फेस्टिबल सम्पन्न

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १ फागुन - नेपालगन्जमा बिहिबारदेखि सञ्चालित अनलाईन बिजिनेस फेस्टिबल सम्पन्न भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा सञ्चालित फेस्टिबल शनिबार सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको फेस्टिबलमा करिब ५ हजारले अवलोकन गरेको आयोजक संस्थाका प्रमुख सौभाग्यजंग शाहले जानकारी दिनुभयो । फेस्टिबलको अीनतम दिनपनि दर्शकहरुले सांगितिक प्रस्तुतीहरुको आनन्द लिदैं फेस्टिबलमा रहेका स्टलहरुको अवलोकन गरेका थिए । दर्शकहरुले स्टलहरुमा चासो राख्दै अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु लिएका थिए । फेस्टिबलमा आएका बिद्यार्थीहरुले शैक्षिक सामाग्री राखिएका स्टलहरुमा गएर बिभिन्न बिषयमा जानकारी समेत लिएको आयोजकले जनाएको छ । फेस्टिबल हेर्न पुगेका नेपालगन्ज १८ का रामप्रकाश महतोले आफुले शैक्षिक स्टलबाट सहज रुपमा बिभिन्न उपलब्धीमूलक जानकारी प्राप्त गरेको बताउनुभयो । त्यस्तै फेस्टिबलमा राखिएका बिभिन्न परिक...
बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न

बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १ फागुन - नेपाल जडीबुटी ब्यावसायी संघ ( जबान ) को बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न भएको छ ।शनिबार संघको २१ तथा २२ औं बार्षिकसाधारणसभा नेपालगन्जमा सम्पन्न भएको हो । संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेशसभा सदस्य भुवानेश्वर चौधरी रहनु भएको थियो । कोभिड–१९ का कारण गतबर्ष साधारण सभा हुन सकेकोले यसबर्ष दुबै बर्षको साधारणसभा एकैसाथ गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संघका सदस्य रहेका बिभिन्न जिल्लाका अध्यक्ष एवँ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिमा चौधरीले जडीबुटी क्षेत्रको बिकासमा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो । उहाँले कोभिडको कारणले अन्य क्षेत्रसंगै जडीबुटी ब्यवसायपनि मारमा परेको चौधरीको भनाई छ । उहाँले प्रदेश सभाको बैठकमा आफुले त्यसबाट उत्पन्न समस्याको समाधान...
संघको भेलाद्वारा भवन निर्माण कार्यमा तिब्रता दिने निष्कर्ष

संघको भेलाद्वारा भवन निर्माण कार्यमा तिब्रता दिने निष्कर्ष

प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १ फागुन – अवधी पत्रकार संघ नेपालको भवन निर्माण कार्यले तिब्रता पाउने भएको छ । संघको शनिबार डुडुवा गाउँपालिका वडा नं.५ को कम्मरशाह बाबा मजार स्थलमा सम्पन्न भएको भेला तथा प्रशिक्षण कार्यक्रमले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको छ ।भेलामा सहभागी अतिथिहरूले संघको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि संघले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको हो । कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाह, पत्रकार जयसिंह केसी, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । संघको बिकासका लागि अध्यक्ष शाह तथा पत्रकार केसीले ५१÷५१ हजार नगद र बैश्यले हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । भे...
पुतलीबजारमा सहकारी बैकको ६८ औं शाखा उद्घाटन

पुतलीबजारमा सहकारी बैकको ६८ औं शाखा उद्घाटन

आर्थिक, श्रम/रोजगार, समाचार
स्याङ्जा, ३० माघ – राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६८ औं शाखा बिहीवारदेखि स्याङ्जाको पुतलीबजारमा शुरु भएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले समृद्ध नेपाल निर्माणका लागि सहकारी अभियानको योगदान बढाउनु पर्नेमा जोड दिनु भएको थियो । सहकारीमा रहेको पूँजिलाई उत्पादन क्षेत्रमा लगाउनका लागि राष्ट्रिय सहकारी बैंकले थप प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिदै उहाँले त्यसमा स्थानीयतहको सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको अवधारणा अनुसार सहकारीहरुले काम गर्ने हो भने गरिवीनिवारणका लागि सहकारीको भूमिका सबैभन्दा प्रभावकारी हुने धारणा राख्नुभयो । सहकारीका नाममा ...
अनलाईन बिजिनेस फेस्टिबल शुरु, १५ सय जनाद्वारा अवलाेकन

अनलाईन बिजिनेस फेस्टिबल शुरु, १५ सय जनाद्वारा अवलाेकन

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २९ माघ - नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिबल शुरु भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिबल संचालन हुने आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिनुभयो । प्रमुख शाहले अनलाईन तथा ईन्टरनेटमार्फत स्थानीय स्तरमा उत्पादन गरिएका सामानहरुको अन्तरराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गरिएको बताउनुभयो । प्रमुख शाहले यो फेस्टिबल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताउनुभयो । फेस्टिबलको पहिलो दिन करिब १५ सय जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न खानाका परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, शैक्षिक जानकारीमूलक सामाग्री, स्टेण्डप कमेडीहरु लगायत रहे...