Monday, April 27सत्यम खबर
Shadow

कोभिड–१९ पछि पत्रकारितामा परेको असर र चुनौती बारे छलफल

समीर अली बेहना
नेपालगन्ज, २१ फागुन – पत्रकारिता जगतमा कोविडपछि परेको असर र चुनौती बारे एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । डब्लू.एच.पी.एल.द्वारा आयोजना गरिएको छलफल कार्यक्रममा हङकङ, फिलिपिन्स, इन्डोनेसिया र नेपाल गरि २० जना पत्रकार तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।


छलफल कार्यक्रममा कोभिड–१९ पछिको संसारमा परिवर्तनीय मीडिया परिदृश्यलाई आत्मसात गर्न राम्रो सभ्यासहरुको सुझाव दिए ।
हङ्गकङ्गको एक मिडिया परामर्शदाता टेरी यङ्ले नागरिकहरुले मिडिया उत्पादनलाई बिरलै ध्यान दिन्छन् तर मिडिया संस्थाहरुको राजनीतिक पक्षहरुको बारेमा बढी चिन्तित छन् भन्ने बारेमा कुरा गर्नुभयो । उहाँको अनुसार महामारीको समयमा हंगकंगको राजनैतिक द्रुवीकरण कसरी बिग्रियो भनेर व्याख्या गरे जसले गर्दा मिडिया र जनता बिचको संवाद धेरै चुनौतीपूर्ण बनेको बताउनु भयो ।


त्यस्तै इन्डोनेसियाका पत्रकारहरुले मीडिया लचिलो हुनु आवश्यक छ र वर्तमानमा जनताको बदलिंदो आवश्यकतालाई सम्बोधन गर्न यो विकसित हुनैपर्छ भन्ने कुरामा सहमत थिए । मिडियाको जिम्मेवारीलाई जर्नल न्युजका रिदान मुबारकले पनि दोहोर्याए जसमा पत्रकारको नैतिकता संहिता अवलोकन गर्ने, तथ्यमा आधारित भएर नागरिकलाई जानकारी गराउने र जनतामा सकारात्मक प्रभाव बारे मिडियाको प्रयोग गर्ने काम समावेश छ ।


एसियाको चार वटा देशहरु माध्य नेपालबाट संकल्प डेली न्यूजबाट प्रतिनिधित्व गरेका समीर अली बेहनाले पत्रकारिता एउटा स्वतन्त्र र निष्पक्ष पेशा रहेकोले यसलाई अझै स्वतन्त्र बनाई आमनागरिक बीच सत्यतथ्य सहितको समाचार पुर्याउन पत्रकारहरु आफैमा पनि जिम्मेवार रहनु पर्ने बताउनु भयो । उहाँले भन्नूभयो कपोकल्पित समाचारले गर्दा आम नागरिक भ्रममा पर्ने गर्छन् र मिडियाको अस्तित्व र विश्वासनीयतामा समेत नकारात्मक प्रभाव परेको हुन्छ । जसले गर्दा यसलाई थप प्रभावकारी बनाउन पत्रकारगणले सत्यतथ्य सहितको समाचार जिम्मेवारीपुर्ण लेखन, प्रकाशन वृतान्त गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *