कोहलपुर २० फागुन – कोहलपुर उद्योग वाणिज्य संघको शनिबार सम्पन्न हुने निर्वाचनका उम्मेद्वारहरुले संघलाई आर्थिक रुपमा समृद्ध बनाउने प्रतिवद्धता जनाएका छन् । लोकतान्त्रि समावेशी व्यवसायी समूहका अध्यक्ष लक्ष्मणराज पौडेल र साझा समावेशी व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार विष्णु खनालले कोहलपुर उद्योग वाणिज्य संघलाई व्यवसायीक र आर्थिक रुपमा समृद्धि बनाउने प्रतिवद्धता जनाएका छन् ।
कोहलपुर जेसीज वर्ष २०२१ ले आयोजना गरेको कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वारसँग ककस कार्यक्रममा बोल्दै दुबै अध्यक्षले कोहलपुरका व्यवसायीहरुले झेल्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि आफ्नो टिमले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
कोहलपुरलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि उद्योग व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने अध्यक्ष पदका उम्मेद्वार पौडेल र खनालले बताएका छन् । लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले कोहलपुरका सम्पूर्ण व्यवसायीहरुले कोहलपुर उद्योग वाणिज्य संघलाई सहयोगिका रुपमा बनाउने प्रतिवद्धता जनाएका छन् ।
कोहलपुर आधुनिक शहरका रुपमा विकासित भईरहेको अवस्थामा व्यापार व्यवसायलाई व्यवस्थित बनाउने लक्ष्यका साथ उम्मेद्वारी दिईएको बताएका छन् । यूवाहरु व्यवसायीहरुको टिम लोकतान्त्रीक समावेशी व्यवसायी समूह भएकाले यूवाहरुलाई काम गर्ने अवसर कोहलपुर उद्योग वाणिज्य संघमा दिन आग्रह गर्दै आफ्नो टिमलाई मतदान गरि बिजय गराउन आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै साझा समावेशी व्यवसायी प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार विष्णु खनालले कोहलपुर उद्योग वाणिज्य संघको स्थापनाकालदेखि हालसम्म संघका विभिन्न गतिविभिहरुमा सक्रिय भई काम गरेको अनुभाव भएका कारण यस पटक व्यवसायीहरुको काम गर्ने अवसर दिन आग्रह गरेका छन् । कोहलपुर क्षेत्रको भौतिक विकासका लागि संघले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनले कोहलपुर क्षेत्रमा देखिएका व्यवसायिक मूद्धाहरुलाई आफुले बुझेको बताउँदै सोहि अनुसार कार्ययोजना बनाएर काम गर्ने जिम्मेवारी दिन सबै व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीले कोहलपुर क्षेत्रका उद्योगि व्यवसायीहरुको पक्षमा काम गर्न दुबै प्यालनलाई सुझाव दिँदै कोहलपुरको व्यवसायीलाई राष्ट्रिय स्तरमै परिचित गराउनका लागि विशेष नीति लिन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशका कार्यकारणी सदस्य नरेन्द्र शर्माले उद्योगि व्यवसायीहरुका समस्याहरुलाई आफ्नो नीति भित्र राखेर काम गर्न दुबै समूहलाई सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रदास पाण्डेले यूवाहरुको नेतृत्व विकास र व्यक्तित्व विकासका लागि स्थापना भएको जेसीजले नयाँ र फरक ढङ्गको कार्यक्रम कोहलपुरमा पहिलो पटक गर्न सफल भएको बताउँदै ककस कार्यक्रमलाई कोहलपुर जेसीजले निरन्तरता दिने बताएका छन् ।
साथै उनले जेसीजले विश्वबन्धुत्वको भावनालाई आत्मासाथ गरेको बताउँदै कोहलपुरको विकास र समृद्धिका लागि योग्य र सक्षम मानिस ल्याउनका लागि यस्ता कार्यक्रमहरु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रमको सहजीकरण कोहलपुर जेसीज वर्ष २०२१का महासचिव ईश्वर शर्माले गरेका थिए भने कार्यक्रममा दुबै प्यालनका उम्मेद्वार र उद्योगि व्यवसायीहरुको सहभागिता रहेको थियो ।