Monday, May 4सत्यम खबर
Shadow

शिक्षकहरुका लागि योगा प्रशिक्षण प्रशिक्षक तालिम शूरु

नेपालगन्ज, १३ अषाढ – बाँकेका विभिन्न विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षक शिक्षीकाहरुलाई समेटेर बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम आईतवारदेखि शुरु भएको छ ।

स्वास्थ्य जीवन तथा योग र ध्यान सम्बन्धमा विद्यालय स्तरका शिक्षकहरुको निम्ति आयोजना गरीएको तालिमको उद्घाटन शत्रमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष एवं प्रमुख अथिति जनकराम भण्डारीले हाम्रो शिक्षा आमाको काखबाट शुरु भइ शिक्षकको काखमा आएर समापन हुने हुँदा शिक्षकले मानिसको जीवनमा उपयोगी कुराहरु सिकाउन जरुरी रहेको भन्दै एउटा शिक्षकले गलत कुरा सिकाउदा एउटा मानिसले जीवनभर दुःख पाउने हुन्छ त्यसकारण शिक्षकले योगाका साथै सबै कुरा सहि सिकाउनुुु पर्ने बताउनु भयो ।

उहाँले विद्यालयका शिक्षकले कितावी ज्ञानमात्र नभएर शरीरिक व्यायम, आहारविहार लगायतका विषयमा पनि शिक्षा दिन जरुरी रहेको बताउनु भयो ।

यसैगरी बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका सदस्य अछरी पोखरेलले मानिस बाँच्नको निम्ति खाना आवश्य रहे जस्तै मानिस स्वस्थ्य रहन योग, व्यायम, प्रणायम, ध्यान गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले विद्यार्थी जीवनदेखि योगी बन्न विद्यार्थीलाइ योगाभ्यास आवश्यक रहेको बताउनु भयो । उहाँले योगाको आवश्यकता, महत्व र योगा गर्दा ध्यान दिनु पर्ने कुरामा प्रष्ट पार्दै मानिसको जीवन स्वस्थ्य बनाउन हरेक विद्यालयको पाठ्यक्रममा नै समाबेश गरी विद्यार्थीलाइ निरन्तर योगा सिकाउन जरुरी रहेको बताउनु भयो ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख अनिलकुमार चौधरीले स्वास्थ्य जीवनको लागि योगाका साथै खानपीन र आहार विहारमा पनि ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

स्वास्थ्य जीवन तथा योग र ध्यान सम्बन्धमा विद्यालय स्तरको प्रशिक्षक प्रशिक्षण तालिममा तालिमको पहिलो दिन योग गुरु बामदेब शर्माले योग गर्ने तरिका, योगा गर्नाले हुने फाइदा, योगा गर्दा ध्यान दिनु पर्ने कुराहरुका विषयमा प्रशिक्षण दिनु भयो ।

यसैगरी बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख अनिल कुमार चौधरीले स्वास्थ्य जीवनको लागि खानपीन र आहार विहार लगायतका विषयमा प्रशिक्षण दिनु भयो भने बाँके आयुर्वेद स्वास्थ्य केन्द्रविकास समितिका अध्यक्ष जनक भण्डारीले ध्यानको कक्षा संचालन गर्नु भएको थियो ।

तालिममा विभिन्न गाउँपालिका र नेपालगन्ज उप–महानगरपालिका भित्रका सरकारी विद्यालयका २० जना शिक्षक शिक्षीकाहरुलाई सहभागी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *