Monday, April 20सत्यम खबर
Shadow

बाँकेबाट रुकुमका लागि समिट एयरले नियमित उडान गर्ने

नेपालगन्ज, २८ श्रावण – मध्यपश्चिम तथा सुदुरपश्चिमको व्यापारिक केन्द्रको रुपमा पहिचान कमाउन सफल रहेको बाँकेको राँझा बिमान स्थलबाट रुकुम पश्चिम क्षेत्र सल्ले बिमान स्थलमा निजी कम्पनी समिट एयरले नियमित उडान सञ्चालन गर्ने जनाएको छ ।
बाँकेमा विकासले गति लिन शुरु गरेसँगै राँझा बिमान स्थलबाट यस अगावै पोखराको लागि समेत नियमित उठान शुरु गरिएको थियो भने अब समिट एयर रुकुम पश्चिम क्षेत्र सल्ले बिमान स्थलमा नियमित उडान शुरु गर्ने जनाएको छ ।


हालसम्म नेपाल एयरलाईन्सले हप्तामा दुई पटक काठमाडौं रुकुम नेपालगन्ज र नेपालगन्ज रुकुम काठमाडौ नियमित उडान गरिएतापनि समयमा नै नेपाल एयरलाईन्सको उडान नहुने र उडान स्थगित भएर यात्रुहरुले सास्ती भोग्दै आईरहेकाले विकल्पको रुपमा निजी कम्पनी समिट एयरसँग सम्झौता गरी प्रत्येक हप्ताको शनिबार समिट एअरले नियमित उडान सञ्चालनमा ल्याउन लागेको रुकुममा कार्यरत समिट एयरसँग सम्झौता गरेका टोपबहादुर खडकाले जानकारी दिनुभएको छ ।
उहाँले थप्दै भन्नुभयो रुकुमका आमावुवा दाजुभाई दिदी–बहिनीहरुले सहज रुपमा सुरक्षित यात्रामा सहज पुर्याउनको लागि गरिएको पहलकदमीमा साथ र सहयोगीका लागि सधै तत्पर रहेको बताउँदै आवश्यकता अनुसार अन्य दिनहरुमा पनि उडान थप्न सकिने जानकारी दिएका छन् ।
नेपालगन्जबाट करीब २२ मिनेटमा सल्ले बिमान स्थलमा अवतरण गर्न सकिने र भाँडादर एक व्यक्ति रु ४००० अक्षरुपी चार हजार रुपैयाँ रहेको छ ।
समिट एयरले रुकुममा उडान पश्चात बिमान स्थलबाट करीब २ घण्टामा रमणिय स्यार्पूताल डिग्रे भगवती मन्दिर मुसिकोट डाँडा शयर गर्न सकिने रहेकाले पर्यटकिय क्षेत्रमा टेवा पुग्ने बताउँदै सहज र सरल रुपमा टिकटको बिक्री वितरणका लागि रुकुममा ९८५७८२२९५६ र नेपालगन्जका लागि सुदिप खड्का ९८४१३०६७६ मा फोन गरेर टिकट लिन सकिने बताएका छन् ।
हाल समिट एयरको उडान आउँदो ३० गते शनिबारका दिन गरिने बताएका छन् ।
(स्रोतःस्यर्पू पोष्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *